Thursday 22nd October 2026

अष्ट्रेलिया उडिन् गायिका समीक्षा


काठमाडौँ – गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए । अष्ट्रेलिया उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् ।

बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदाई गरेको भिडियो बाहिरिएको थियो । भिडियोमा दिदी शर्मिला अधिकारीसँगै उनी पनि रहेकी छन् । ‘नाई नभन्नु ल ५’ को चर्चित गीत ‘बालापनको उमेर’ बाट व्यावसायिक गायन यात्रा सुरु गरेकी समीक्षाले थुप्रै हिट गीत दिएकी छन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...