Sunday 12th July 2026

चितवन सेवा समाज कुवेतको वार्षिकोत्सव एबम तेस्रो अधिबेशन मार्च १७मा हुने


तितोपाटी-चितवन सेवा समाज कुवेतले आफ्नो छैठौं वार्षिकोत्सव एवं तेस्रो अधिबेशन गर्ने भएको छ । सामाजिक गतिविधिमा सक्रिय रहेको चितवन सेवा समाजले आउदो मार्च १७ तारिख शुक्रबार  छैठौं वार्षिकोत्सव एबम तेस्रो अधिबेशन गर्ने निर्णय गरेको जीवन कुमार बि.क.ले तितोपाटीलाई जानकारी दिएका छन।

कुवेतमा कार्यरत चितवन जिल्लाबासीलाई समेटेर २०१६ मा नबिन लोप्चनको नेतृत्वमा चितवन सेवा समाज गठन भएको थियो। “अनेकतामा एकता, एकताको मन-हाम्रो प्यारो चितवन”  भन्ने मुल नाराका साथ गठन भएर कुवेतमा क्रियाशील रहेको चितवन सेवा समाजले समस्यामा परेका चितवनबासीको समस्या समाधान गर्न पहल तथा पिडितहरुलाई उद्दारमा सहयोग गर्दै आएको छ । पर्यटकीय जिल्ला चितवन भएको हुदा आन्तरिक पर्यटक बिस्तारको लागि समेत सबैलाई जानकारी दिदै आएको छ।

कुवेतमा कार्यरत चितवनबासी दाजुभाई दिदी बहिनीहरु आउदो मार्च १७मा हुन् लागेको तेस्रो अधिबेशनमा सहभागी भई सस्थामा आबद्द हुन समेत जीवन कुमार बि.क.ले आग्रह गर्दै यदि व्यस्तताको कारण उक्त दिन उपस्थित हुन् नसके पनि चितवन सेवा समाजको सम्पर्कमा आउँन  अनुरोध गरेका छन।

कार्यक्रम हुने मिति स्थान समय

मिति- १७ मार्च २०२३,शुक्रवार
स्थान – शेफ नौशाद रेस्टुरेन्ट फर्वानिया कुवेत।
समय- दिनको ११:०० बजे।


सम्बन्धित शीर्षकहरु

इरानले अमेरिकी अधिकारीहरूलाई हालैका केही समुद्री घटनाबारे स्पष्टीकरण दिँदै ती आक्रमणहरू जानाजानी नभई हतियार प्रणालीको एउटा “त्रुटिपूर्ण (errant) भाग” का…

अमेरिकाले इरानलाई परमाणु गतिविधि अघि बढाउनबाट रोक्न आवश्यक परे सैन्य विकल्प अझै खुला रहेको जनाएको छ। वासिङ्टनले तेहरानमाथि दबाब बढाउँदै…

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

प्रतिकृयाहरू
...