Monday 13th April 2026

टर्की भूकम्पमा मर्नेको संख्या १७ हजार नाघ्यो


सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या १७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

टर्कीमा मर्नेहरूको संख्या १४०१४ नाघेको छ भने सिरियामा ३१६२ नाघेको छ । अहिले पनि उद्धार र खोजी कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजार पुग्न सक्ने जनाएको छ ।

टर्कीका अधिकांश भागमा हिउँ परिरहेकाले पनि उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् । पराकम्प आउने क्रम नरोकिएकाले अग्ला भवनहरूमा नबस्न आग्रह गरिएको छ । विमानस्थलका टर्मिनलमा समेत भूकम्पपीडितहरूले आश्रय लिइरहेका छन् । अहिले बाँचेकाहरूका लागि डर पनि बढिरहेको छ, किनकि सहायता एजेन्सीहरूले चेतावनी दिएका छन् कि नयाँ हिमपात, साथै पानी, सञ्चार र शक्तिको अभावले घातक “द्वितीय प्रकोप” निम्त्याउन सक्छ।

गार्डियनका अनुसार भूकम्पमा ५ हजार ७ सयभन्दा बढी भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १४ लाख बालबालिका प्रभावित हुने भएका छन् । १७.९ किमि गहिराइसम्म पुगेको भूकम्पको धक्का सिरिया र लेबनानसम्म पुगेको छ । अदाना, मलातिए, ओसमानिया, एस्केमदेरन, किलिस, साम्ले उर्फासहित १० क्षेत्रमा असर पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...