Thursday 15th January 2026

बाग्लुङमा २ जना र प्युठानमा १ जना पहिरोमा परि वेपत्ता


तितोपाटी – बाग्लुङ र प्युठानमा अविरल वर्षाका कारण झरेको पहिरोमा परि ३ जजनाको मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार बाग्लुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मङ्गलबार राती परेको अविरल बर्षा सँगै आएको पहिरोले एकै घरका सासु बुहारी पुरिएका छन् । पहिरोमा पुरिनेमा ६५ वर्षीया धनकुमारी शाही र ३५ वर्षीया डल्ली शाही रहेका छन् ।

पहिरोमा परेकी धनकुमारीको श्रीमान लेकको भैसी गोठमा बस्दै आएका र छोरो रोजगारीको सिलसिलामा भारत रहेका स्थानीय खीम बहादुर शाहीले बताए ।

पहिरोले घरभिभत्र पुरिएका सासु बुहारीको खोजी स्थानीय र प्रहरीद्धारा भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

 त्यसै गरि प्युठानको गौमुखी गाउँपालिका -४ डाँडागाउँका झलकबहादुर सुनार पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

बुधबार बिहान करिब ७ बजे घर माथिबाट खसेको पहिरोमा पुरिएर ३२ वर्षीय झलकबहादुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बिहान झरेको पहिरोले सोही निवासी देबबहादुर सुनार र रमेश सुनारको समेत घरगोठ बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगि खोजी कार्य भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । जिल्लामा केही दिन देखि निरन्तर पानी परिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...