Wednesday 2nd September 2026

बाग्लुङमा २ जना र प्युठानमा १ जना पहिरोमा परि वेपत्ता


तितोपाटी – बाग्लुङ र प्युठानमा अविरल वर्षाका कारण झरेको पहिरोमा परि ३ जजनाको मृत्यु भएको छ ।

प्राप्त जानकारी अनुसार बाग्लुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मङ्गलबार राती परेको अविरल बर्षा सँगै आएको पहिरोले एकै घरका सासु बुहारी पुरिएका छन् । पहिरोमा पुरिनेमा ६५ वर्षीया धनकुमारी शाही र ३५ वर्षीया डल्ली शाही रहेका छन् ।

पहिरोमा परेकी धनकुमारीको श्रीमान लेकको भैसी गोठमा बस्दै आएका र छोरो रोजगारीको सिलसिलामा भारत रहेका स्थानीय खीम बहादुर शाहीले बताए ।

पहिरोले घरभिभत्र पुरिएका सासु बुहारीको खोजी स्थानीय र प्रहरीद्धारा भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

 त्यसै गरि प्युठानको गौमुखी गाउँपालिका -४ डाँडागाउँका झलकबहादुर सुनार पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

बुधबार बिहान करिब ७ बजे घर माथिबाट खसेको पहिरोमा पुरिएर ३२ वर्षीय झलकबहादुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बिहान झरेको पहिरोले सोही निवासी देबबहादुर सुनार र रमेश सुनारको समेत घरगोठ बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगि खोजी कार्य भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । जिल्लामा केही दिन देखि निरन्तर पानी परिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

प्रतिकृयाहरू
...