Wednesday 24th September 2025

जाजरकोटमा बाढीको बितण्डः स्थानिय झुम्रे खोलाले घर, घुम्ती पसल र झोलुंगे पुल बगायो


तितोपाटी – गएरातिदेखि परेको अविरल वर्षापछि जाजरकोटको झुम्रे (कैना) खोलामा आएको बाढीले ठूलो क्षति गरेको छ। बाढीले नलगाड नगरपालिका ३ कैनाका गोकर्ण चन्दको घर, खेत, पशुचौपाय बगाएको छ।

वडा नम्बर ५ कालीमाटीका खिमलाल जैसीको पक्की घर बाढीले बगाएको स्थानीयवासी वीनबहादुर सिंहले जानकारी दिए। उनका अनुसार वडा नम्बर ४ का हिरालाल पन्त र वडा नम्बर २ का सर्वजीत सुनारको मिल बगाएको छ। त्यस्तै सोही खोलानजिकमा रहेका दीपक सुनारका दुई ओटा घट्ट बगाएको छ। वडा नम्बर ५ कालीमाटीमा रहेका ६ ओटा घुम्ती पसल समेत बगाएको प्रहरीले जनाएको छ।

बाढीले घवाराको झोलुङ्गेपुल र छेप्का कालीमाटी जोड्ने टस ब्रिज बगाएको छ। पुल बगाएपछि आवागमन बन्द भएको स्थानीयवासी हासिलाल पन्तले बताए। उनका अनुसार बाढीले खोला छेउका सयौँ रोपनी धान खेत समेत बगाएको छ।
‘यति ठूलो बाढी आएको अहिलेसम्म देखेको थिइनँ’, उनले भने ‘गएराति आएको बाढीले करोडौको क्षति पुर्‍याएको छ।’ खोलाले अहिले पनि खेतहरू कटान गरिरहेका उनले बताए।

प्रहरीले अहिले क्षतिको विवरण संकलन गरिरहेकोले कति क्षति भयो भन्नेबारे अझै एकीन भइनसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्र सिंहले बताए।

बाढीको कारण खोला छेउछाउका बासिन्दा त्रसित बनेका छन्। जथाभावी डोजर प्रयोग गरेर बाटो खन्दा बाढी आएको स्थानीयवासीको भनाई छ। प्रभावित क्षेत्र सदरमुकामबाट १६ कोष पूर्वमा पर्छ।

बाढी आएको खोलाको सहायक खोला नलगाड ३ स्थित भदाले खोला केही बेरअघि माथिबाट आएको ढिस्कोले थुनिएको छ। यदि उक्त स्थान फुटेमा तलतिरको क्षेत्रमा थप क्षति हुन सक्ने स्थानियवासी छवि पन्तले बताए।

बस्ती रहेको कालीमाटीदेखि थुनिएको क्षेत्र १० किलोमिटर माथि छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...