Monday 24th August 2026

सर्जक राम भण्डारीको मन छुने गजल


एउटै विषयमा कत्ति धेरै छलफल भैसक्यो ।
दैनिक जस्तो पटक पटक डब्बल भैसक्यो ।

आशा मरेको छैन लय पनि त छोडेको छैन
घोट्दा घोट्दै खालि खुट्टा नै चप्पल भैसक्यो ।

सपनामा बा मात्र देख्यो किन आमा देखेन
त्रास बढेर आयो पसिना खलखल भैसक्यो ।

फुल हेर्छु जुन र तारा हेर्छु तैपनि मन मान्दैन
लौन!प्रिय तिम्रो मुहार हेर्न तलतल भैसक्यो ।

झन् बुझ्यो झन् कठिन छ कस्तो तरिका हो
काम सुरु भएकै छैन भन्छन् सफल भैसक्यो ।

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...