Wednesday 28th October 2026

शोभा आचार्य गौतमका चुनाव विशेष टुक्का कविताहरु


चुनाव विशेष टुक्का कविताहरू
१.
अायाे है लाै चुनाव घर दैलाे छायाे,
नेताको मन मुटु चिन्ताले सतायाे।
२.
चुनावको बेलामा जनताको घरमा,
अाखिरमा नेता नागरिकको भरमा।
३.
अब अति भयो, विकासका मूल फुटाउ,
राम्रो काम गर्नेहरू, सबैलाई जुटाउ ।
४.
जनता बिना अधुरो छाै देश अनि नेता,
जनता बुझि काम गर हेर यता तेता।
५.
अाल, टाल गरेर बित्यो छिटो पाँच वर्ष ,
असल नेता जिते देशमा अाँउछ हर्ष।
६.
सधैँ नेता जनतालाई आशा देखाई राख्छौं कति
आफ्नो देशकाे कर्तव्यबाट किन सधैँ भाग्छाै अति।

✍️ शाेभा अाचार्य गाैतम
काठमाडौ


सम्बन्धित शीर्षकहरु

अमेरिकी समाचार संस्था CNN ले CNN Heroes 2026 अन्तर्गत "हिरो अफ द इयर" छनोटका लागि अनलाइन मतदान सुरु गरेको छ।…

तेलअभिभ — इजरायलका पूर्वप्रधानमन्त्री तथा ‘टुगेदर’ पार्टीका नेता नफ्ताली बेनेटले बेन्जामिन नेतान्याहूले चुनावमा पराजय बेहोरेको दाबी गर्दै नयाँ सरकार गठनका…

अमेरिकाले नोभेम्बर ३, २०२६ मा हुने मध्यावधि चुनावपछि इरानमाथि पुनः ठूलो सैन्य हमला गर्न सक्ने खबर सार्वजनिक भएपछि खाडी क्षेत्रमा…

प्रतिकृयाहरू
...