Monday 9th March 2026

इशाहक हुसैनका सान्दर्भिक र मार्मिक जुनेलीहरू


(१)
नेपाल
जय
नेपाली
भय।
(२)
नेपाली
झण्डा
हातमा
डण्डा।
(३)
लौरो त्यो
ल्याउ
दगुर्दै
आउ।
(४)
सबैले
बोक्नु
लौरोले
ठोक्नु।
(५)
स्वास्तिक
छाप
लाग्दैन
पाप।
(६)
लौराको
मान
नेपाली
शान।
(७)
घण्टी नि
बज्छ
न कहीँ
ठग्छ।
(८)
स्वतन्त्र
हामी
नेपाली
ज्यामी।
(९)
क्यै छैन
डर
लौरो कै
भर।
(१०)
मास्न यी
भ्रष्ट
हुदैन
कष्ट।
(११)
शान्तीको
गीत
हाम्रै हो
जीत।
(१२)
कसेर
दले
यस्पाली
फाले।
(१३)
दलका
झोले
त्यो झोला
पोले।
(१४)
गरेमा
दम्भ
गर्नेछौं
जङ्ग।
(१५)
सबैको
प्यार
दलको
हार।
(१६)
देशमा
हाम्रो
प्रगति
राम्रो।
(१७)
विकास
खुली
जानेछ
चुली।
(१८)
बल्ने छ
ज्योति
फल्ने छ
मोती।
(१९)
दाजु र
भाई
मिलेर
आई।
(२०)
देशको
भुप
फेर्न छ
रूप।
(२१)
सुन्दर
शान्ती
मुहार
कान्ति।
(२२)
ल लौरो
बोक्नु
घुस्पैठी
रोक्नु।
(२३)
खुकुरी
भिर्नु
शत्रुको
गिड्नु।
(२४)
मंसिर
चार
दलेको
हार।
(२५)
निश्चित
ठान्नु
यो कुरा
जान्नु।
(२६)
मिल्नु छ
हामी
नेपाली
दामी।
(२७)
बचाउ
देश
बाकी यो
शेष।
ईशहाक हुसैन
जीतपुर सिमरा-१४,बारा
हाल-बुटवल फूलवारी-२,रूपन्देही


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...