Wednesday 2nd September 2026

उदयपुरमा युवती बलात्कार अारोपमा टेम्पु चालक पक्राउ


तितोपाटी – एक अपरिचित यात्रुलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरमा एक टेम्पु चालक पक्राउ परेका छन्। गाईघाटस्थित बसपार्कबाट त्रियुगा नगरपालिका २ मोथियाहीस्थित घर जाने भनेर टेम्पु चढेकी १७ वर्षीया युवतीलाई बाटोमा बलात्कार गरेर होटलमा ल्याएर सामूहिक बलात्कार गराएको अभियोगमा त्रियुगा नगरपालिका १२ का २६ वर्षीय विकास परियार पक्राउ परेका हुन्।

स १ ह २१९४ नम्बरको टेम्पु चालक परियारले घर जाने भनेर टेम्पु चढेकी युवतीलाई चौदण्डीगढी नगरपालिका १० हडिया पुर्याएको र त्यहाँबाट फर्केर मोथियाही ल्याउने क्रममा बीच बाटोको जंगलमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। उनका अनुसार त्यसपछि गाईघाट ल्याएर एक होटलमा राखेर गएको केही घण्टापछि परियारकै २ जना साथी आएर उनलाई सामूहिक बलात्कार गरेको बयान पनि युवतीले दिएकी छिन्।

सोमबार विहानदेखिको घट्ना साँझ मात्र युवतीका आफन्तले थाहा पाएर प्रहरीमा खबर गरेका थिए। खवर पाएलगत्तै प्रहरीले परियारलाई पक्राउ गरेपनि उनका २ साथी भने फरार रहेकाले खोजी कार्य जारी छ। परियारमाथि मंगलबार ७ दिनको म्याद थपेर थप अनुसन्धान सुरु गरिएको छ। फरार अभियुक्तको खोजी भइरहेको एसपी राईले बताए।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

प्रतिकृयाहरू
...