Wednesday 13th August 2025

एक पटकको असफलताबाट युवाहरु निराश हुनुहुँदैन


बसन्त थापा, कुवेत

तीतोपाटी- प्रयास गर्नेहरूले कहिल्यै हार मान्दैनन्। संसारका अनगिन्ती महापुरुष, आविष्कारक र महान् व्यक्तिहरू यस तथ्यका साक्षी छन् किजसले प्रयास गर्छ, आफ्नो गल्तीबाट सिकेर संसारमा नयाँ उदाहरण बनाउन्छ।

जहिले पनि केही गर्न नसक्ने जस्तो लाग्छ, तब हारेको जस्तै असहाय र कमजोर महसुस गर्न थालीन्छ, आँखा अगाडि अँध्यारो छायारहन्छ, भविष्य अन्धकार देखिन्छ। यस्तो अवस्थामा एकपटक हामीले सोच्नुपर्छ कि, बाहिरका चुनौतीहरूबाट हार्दैनौं, बरु हामी भित्रका चुनौतीहरूबाट हारेका छौं। हामीमानवमा यो विशेषता छ कि, जब सम्म हामी आफैं हारेका हुदैनौ तब सम्म, हामीलाई कसैले हराउन सक्दैन।जब हामी आफै हारीन्छ, केवल हाम्रो भित्री कमजोरीहरूको कारणले हरेका हुन्छौ।

त्यसोभए हाम्रो जीवनको कठिन समयमा हार मानेर र बस्नु ठीक हो? साच्चै भन्ने हो भने, यो ठिक होइन। हामी आफ्नै लागी खानाखान्छौं, त्यो मात्र होईन, हामी आफ्नो लागि सास फेर्ने गर्छौं, हामी आफ्नो लागि जीवन जीउने गर्छौ, अनी हामी किन अरूको लागी बाँच्ने?

मैले भन्न खोजेको के हो भने, हामीले कुनै काम गर्दा, त्यो कामको बारेमा कसैले, हामीलाई यो ठिक छैन भन्यो भने त्यसबेला, कही नकही, हामी आफ्नो भित्री आत्मप्रति कम विश्वास गर्न पुग्छौ ।जीवनमा सबैकुरा गुमाएर अब केही हुन सक्दैन भन्ने कहिले लाग्छ ? त्यसोभए जीवनमा हार मान्नु वा बाहीरी व्यक्तिको कुरा सुन्नुको सट्टाआफैंसँग लड्न सिक्नुपर्छ।

जब हार हुन्छ हामी आफैलाई दोष दिने गर्दछौ। हार हुदैमा आफैंसँग झगडा नगरौ वा आफैलाई झाप्पड नहानौ। हो, यदि हामी चाहाने होभने आफुले आफैलाई झाप्पड हान्न सकीन्छ तर त्यो केबल बाहिरका चुनौतिबाट हार्नुको सट्टा आफैंसँग लड्दै फेरि जित्ने तयारीकोथालनी हुनुपर्दछ । मैले भन्न खोजेको के हो भने, जब एक व्यक्ति असफल भयो भन्दैमा सबै कुरा समाप्त हुन्छ भन्यो भने त्यो सब गलत हो। एकपटककोहामी आफ्नो कमजोरीले हारेमा यस्तो हुदैन हामी आफ्नो कमजोरी संग लड्न आउनु पर्छ, आफ्नो कमजोरी संग लड्न सिक्नुपर्छ।

यो कमजोरी संग लढ्न सक्नु पनी एक कला हो एक पटक मात्र यो कला सिक्यो भने , जस्तो सुकै समस्याको समाधान पनी पार गर्नसकीने रहेछ । जीवनमा पराजय भनेको दिमागको हार मात्र रहेछ। मन बलियो बनाउ र हेर कि हार पनि हार संगै हारेर जाने रहेछ। हारसँग लड्दै जित्नुपर्छ, हारले होइन । हार भनेको हाम्रो मनको त्यो भ्रम हो, जसले दिमागलाई स्लो-मोशन विषजस्तै मार्न थाल्छ, र त्योविषको कुनै उपचार छैन। त्यसैले यी सबै कमजोरीहरूलाई हामीले नै जराबाट मेटाउनुपर्छ। र विजय त्यो शक्ति हो जुन हाम्रोकमजोरीहरूमा छ। त्यस कारणले, जबसम्म हामी आफैंमा हार मान्दैनौं, तबसम्म हामीलाई कसैले हराउन सक्दैन।हारबाट हार स्विकारेर हार्नुको सट्टा आफैले जित्ने प्रयास गर्नुपर्छ । हाम्रा कमजोरीहरूलाई झोलामा भरेर खोला वा गहिरो खाडलमाफालिदिनुपर्छ। तब मात्र हामी केहि गर्न सक्छौं।

हामी मानव हौं, हामीलाई कसैले हराउन सक्दैन, यदि जित्ने जिद्दी छ भने हारले पनि हार स्वीकार्छ।हार भनेको के हो, त्यो मनमा लुकेको डर हो जसले हामीलाई जित्न दिँदैन, हार त्यो डर हो जुन हाम्रो कमजोरी हो, जसका कारण जितपनि हारमा परिणत हुन थाल्छ ।

के हुन्छ यदि हामीलाई केहि गर्न सकेनौ भने ?

सायद सही समय आएको छैन, वा हाम्रो भाग्यमा केहि अचम्मको कुरा लेखिएको छ। हामी जसलाई हार मानेर बस्छौ त्यो हार होइन, सोच्ने सोच बदल्नु पर्छ।भनिन्छ जीवन आनन्दको सुनौलो अवधि हो, त्यसैले जीवनलाई पूर्ण रूपमा खुसी साथ जीउनु पर्छ।

हार जीवन होइन, हार जीवनको एउटा पाटो मात्र हो, हामीले सुनेका छौ, ढुङ्गामा पनी निरन्तर पानीको धारा खस्यो भने छाप भएर बस्छ, भन्नुको तात्पर्य के हो भने मेहनतले जे पनि प्राप्त गर्न सकीन्छ।  हारेको त्यो पल पनि कडा परिश्रमले पुन जित्न सकिन्छ, त्यसैले कडापरिश्रम ग्रैम , मेहनतको बलमा संसार जीतीने छ।त्यसैले हामी भित्रको कमजोरीबाट भाग्ने होइन बरु कमजोरी पत्ता लगाएर त्योकमजोरीको फाइदा संगै शक्ति बनाउनु पर्छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- कुलिंग पिरेड बिबादमा परे सँगै प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।…

तितोपाटी-महिला दिदीबहिनीको महान पर्व हरितालिका तीजको पावन अवसरमा दुबईमा तीज बिशेष साँस्कृतिक धमाका -२०२५  हुने भएको छ ।आउदो अगस्ट २४…

उत्तर प्रदेशको बलरामपुरमा २१ वर्षीया अपाङ्गता भएकी महिलामाथि बलात्कार भएको आरोप छ। पीडित महिला राति अबेर सुनसान सडकमा आफ्नो ज्यान…

प्रतिकृयाहरू
...