Monday 24th August 2026

लघुकथाः खुसीको दसैं -नारायण कोइराला


यत्रो बोको काटेपछि त गाउँभरिका सबैलाई पुग्नेभयो भनेर हल्ला चल्यो।बोको काट्न गाउँभरिका मानिस जम्मा भए।सबैको हातमा मासु लान थैला थिए।

गाउँमा हल्ला भएपछि भुन्टे र पुन्टे पनि त्यतैतिर गए। उनीहरुको हात भने खाली थियो।सबैजना आ – आफ्नो थैलामा मासु राखेर भुटुवा खान थाले।यिनीहरू पनि आएछन् भन्दै आउटै दुनामा भुटुवा दिए।दुवैजना भुटुवा लिएर घरतिर दौडिए।

ओछ्यानमा लम्पसार परेकी आमाको सम्मुन्ने भुटुवा राख्दै गर्दा आमा,भुन्टे र पुन्टेको आँखाबाट आँसु बर्सिए।कसैको मुखबाट आवाज आएन।ढोकाको अगाडि भने बोको पाल्ने गाउँका साहिँला बा उभिएका थिए।त्यो दृश्य देखेर साहिँलाबाका आँखा पनि रसाए।

साँझ चुलोमा भुन्टे र पुन्टे फर्सीको तरकारी पकाउँदै थिए।एक्कासी साहिँला बालाई देखेर झस्किए। साहिँलाबाले आफुसंग ल्याएको भाँडो खोल्नु भयो।त्यस भित्र भुन्टे र पुन्टेको खुसीको दसैँ थियो।
कारण,दिउँसो काटिएको बोकाको मासु र भात।

तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

प्रतिकृयाहरू
...