Saturday 19th September 2026

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त


तितोपाटी –  सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

सरकारले भण्डारीलाई शुक्रबार ३ दिने म्याद दिएर पदबाट किन बर्खास्त नगर्ने भन्दै स्पष्टिकरण सोधेको थियो । साउन २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई दोस्रो पटक स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

यसअघि वैशाख २४ गतेको मन्त्रिपरिषद्ले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो । भण्डारीको स्पष्टिकरणपछि जेठ २७ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यसम्पादन सुधार्न ११ बुँदे निर्देशन दिएको थियो ।

खुला प्रतिस्पर्धाबाट तीन वर्षका लागि प्रबन्ध निर्देशक बनेकी भण्डारीको कार्यकाल अझै एक वर्ष बाँकी थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...