Thursday 14th May 2026

कुवेत टावरमा नेपालको झण्डा


नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्षिकोत्सवको सन्दर्भमा आज नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर समेत पारी नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा कुवेत टावरमा नेपाल र कुवेतका राष्ट्रिय झण्डाहरूको विध्युतीय प्रस्तुति गर्ने कार्य सम्पन्न भएको नेपाली राजदुतावास कुवेतले आफ्नो अफिसियल फेसबुक पेजमा उल्लेख गरेको छ ।

कुवेतको प्रसिद्ध कुवेत टावर (Iconic Tower)मा नेपालीको राष्ट्रिय झण्डाको यस प्रकारको प्रस्तुती पहिलो पटक हुन गएकोमा हामी सबैले खुशी र गौरवको अनुभूति गरेका छौं साथै नेपाल र कुवेत बीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जानेमा हामी विश्वस्त छौं दुतावासले भनेको छ ।

कुवेत टावर देशकै धरोहर हो र यहाँ राष्ट्रिय पर्वहरु हुने गर्दछन । नेपाली दुतावास स्थापनाका १२ बर्षमा पहिलो पटक नेपालको झण्डा उक्त टावरमा फरहाए पछि धेरै नेपालीहरु हेर्न र फोटो खिच्न त्यहाँ पुगेका थिए ।

फोटो : सुजन केसी को फेसबुक वालबाट साभार


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...