Saturday 19th April 2025

सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा कुवेत


कुवेत, हालैको एक रिपोर्टले कुवेत विश्वमा आठौं र अरब देशहरु मध्ये आकाश अर्थात हावामा प्रदुषर्ण हुने देशहरुको पहिलो स्थानमा रहेको छ ।

सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा, अमेरिकी वायु गुणस्तर सूचकांक स्विस कम्पनी द्वारा प्रकाशित प्रतिवेदनले उक्त कुरा उल्लेख गरेको हो । वायु प्रदुर्षणका प्रमुख पाँच तत्वहरुमा ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन मोनोअक्साइड रहेको उल्लेख छ ।

प्रतिवेदनले देखाएको छ कि कुवेतको वायु प्रदूषणमा योगदान गर्न धेरै कारणहरू एकसाथ आउँछन्, जसमा तेल उद्योग मुख्य हो जीवाश्म ईन्धनहरू जलाउने र निकासी, ड्रिलिङ र फ्र्याकिंग, भण्डारण र निर्यात जस्ता औद्योगिक अभ्यासहरूलाई दोषी देखाईएको छ ।
प्रदुषणको नतिजाका कारण आकाशमा रहेको माथिल्लो ओजोन तहलाई क्षति पुरयाउने बताईन्छ । यसैगरी उक्त पोलुसनका कारण जलवायु परिवर्तनका लागि कारण बन्न सक्छ । यसैगरी उक्त प्रदुर्षण्का कारण जमिनी सतहमा पनि प्रत्यक्ष वा परोक्ष रुपमा असर गर्दछ । जसले सवै भन्दा ठुलो असर मानविय स्वास्थ्यमा पार्दछ ।

फोक्सोको समस्या, चाडै मानिसमा देखिने बुढ्यौली पन जस्ता हुन सक्छन । ठूलो मात्रामा रासायनिक तत्वहरुका सुक्ष्म कणहरुका कारण नाइट्रोजन डाइअक्साइड बढने गर्दछ जसले फोक्सोको तन्तुमा जलन र क्षति पुर्‍याउन सक्छ र ब्ल्याक कार्बनको उपस्थितिले दाग र फोक्सोको क्षमता कम गर्नका साथै अन्य समस्याहरू निम्त्याउन सक्छ, यदि यो रक्तप्रवाहमा जान्छ भने त्यसको असर सम्पूर्ण शरिरमा पर्न सक्छ ।

प्रदुषणको असर फोक्सोको क्षमतामा ह्रास आउन का सार्थ निमोनिया, ब्रोन्काइटिस र एम्फिसिमा जस्ता श्वासप्रश्वाससम्बन्धी समस्याका साथै दम को बढ्दो रुप लगायतका समस्याबाट पीडित हुने को संख्या बढन सक्छ । श्वासप्रश्वास प्रणालीको असरले हृदय रोग र एरिथमिया र हृदय रोग भएका मानिसहरूलाई अकालमै मर्ने सम्भावना बढी बढाउँछ।

गर्भवती आमाहरूमा लामो समयसम्म प्रदुषणको चपेटामा परेमा गर्भवती महिलाहरूमा समयअघि नै बच्चाहरु जन्मने र उक्त कारणले शिशु मृत्युदरमा उल्लेख्य वृद्धि हुने साथै गर्भपातको सम्भावना पनि बढ्ने प्रतिवेदनमा उल्लेख छ। कम तौलका बच्चा को जन्म र शारिरिक अपांगता जस्ता संभावना लाई पनि बढाउने गर्दछ ।

यसैबीच, कुवेतको वातावरण सार्वजनिक प्राधिकरण ले यो प्रतिवेदन र कुवेतमा वायु गुणस्तरको मापदण्डको वर्गीकरणको कुनै आधार नभएको घोषणा गरेको छ र कुवेतको वायु गुणस्तर मापदण्डभन्दा अमेरिकी वायु गुणस्तरको मापदण्ड फरक रहेको तर्क गरेको छ। प्रत्येक देशको आफ्नै राष्ट्रिय परिस्थितिहरूमा आधारित मापदण्डहरू छन उसले भनेको छ ।

अर्कोतर्फ, कुवेतको ग्रीन लाइन वातावरण समूहले वातावरण प्राधिकरणको भनाइको जवाफमा हावामा प्रदूषकहरू धुलोका कारण प्रदूषक हुन् भनेर ग्रीन लाइन रिसर्च एण्ड स्टडीज युनिटले जारी गरेको प्रतिवेदनमा कुवेती समाज प्रदूषकको चपेटामा परेको स्पष्ट पारेको छ। सूक्ष्म कणहरूको रूपमा, जुन खतरनाक हुन सक्छ र रोगहरू फैलाउन र मृत्यु निम्त्याउन सक्छ।

यस्तो धुलोको कणको प्रभाव वायुमण्डलको एकाग्रता र एक्सपोजरको अवधिमा निर्भर हुने ग्रीन लाइनको प्रतिवेदनमा उल्लेख छ । यदि एक्सपोजर अवधि छोटो छ भने, यसले आँखा र छालामा चिलाउने र रातो हुने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने जस्ता स्वास्थ्यमा क्षति पुर्‍याउन सक्छ। तर लामो समयसम्म सम्पर्कमा रहेमा यसले क्यान्सर, फोक्सोको दीर्घरोग, मुटु र रक्त रोगजस्ता गम्भीर असर पार्न सक्छ।

श्रोत कुवेत टाईम्स


सम्बन्धित शीर्षकहरु

बंगलादेश र पाकिस्तानबीच विदेश सचिवस्तरीय बैठकहरू नियमित रूपमा हुने भनिएको थियो। तर यसपटक यो लगभग १५ वर्ष पछि आयोजना गरिएको…

शिकागो: बहिरा र श्रवणशक्ति कमजोर भएका समुदायका सदस्यहरूसँग शिक्षकको रूपमा काम गर्दा एक साउदी कृत्रिम बुद्धिमत्ता विद्वानलाई प्रविधिले संसारसँग कुराकानी…

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

प्रतिकृयाहरू
...