Wednesday 19th August 2026

कुवेत एयरवेजले कुवेत-काठमाडौँ उडान भर्ने


तितोपाटी- कुवेतको ध्वजाबाहक, कुवेत एयरवेजले कुवेत-नेपाल संगै अन्य आठ नयाँ गन्तव्यमा उडान भर्ने भएको छ।

कुवेत एयरवेजको उडानको सूचीमा माल्दिभ्स, अबुधाबी, क्वालालम्पुर, अदिस अबाबा, मदिना, ताइफ, हैदरावाद र काठमाडौं गरी आठ नयाँ गन्तव्य रहेका बताए पनी कहिले देखी संचालनमा आउने बारेमा कुनै पनि किसीमको तारिख तोकिएको छैन तथापि छिट्टै संचालनमा आउने कुवेत एयरवेजले संकेत गरेको छ।

अहिले काठमाडौँ– कुवेत गन्तव्यमा अल-जजिरा, र हिमालय एयरलाइन्सले उडान गरिरहेका छन। नेपाली श्रमिकहरूको संख्या बढ्दै गरेको कुवेतमा, विभिन्न एयरवेज कम्पनीले नेपाल-कुवेत व्यावसायिक उडान भर्नको लागि चांसों देखाइरहेको पाइएको छ।

कुवेत एयरवेजका प्रमुख कार्यकारी अधिकृत इन्जि. मान रज्जुकीले छोटो बजारको बढ्दो मागलाई सम्बोधन गर्ने प्रयासस्वरुप कम्पनीलेयसअघि १७ नयाँ गन्तव्य लन्च गरेको बताए । “यो मध्यम र लामो दूरीको छ, त्यसैले कुवेत एयरवेजले ग्राहकको सुविधा र सेवामा धेरै ध्यान दिने र उनीहरूलाई मनपर्ने गन्तव्यमा कुवेत एयरवेजको विमानमा यात्रा गर्ने अवसर प्रदान गर्ने बताए।

रज्जुकीले थपे, एयरलाइन्सको आठ नयाँ गन्तव्यहरू सुरू गर्ने कदम, जाडो मौसमको सुरूवाती कम्पनीको नेटवर्क विस्तार संगै उडान भर्ने योजना रहेको जनाए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

कालिकोटको ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाको वित्तीय क्लोजर सम्पन्न भएको छ। आयोजनामा करिब ७० अर्ब रुपैयाँ लगानी हुनेछ, जसको…

देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रे, सिन्धुपाल्चोक, रसुवा, पश्चिम रुकुम, संखुवासभा,…

प्रतिकृयाहरू
...