Monday 6th May 2024

देश किस्ताकिस्तमा बेचिन्दैछ


तोयानाथ उपेक्षित, एउटा सिंगो पुस्ताले देशमा राजनैतिक परिवर्तनको लागि देखेको सपना अफाबसिद्ध भईसकेको छ । देश किस्ता किस्तामा बेचिएको कसैका सामु छिपेको छैन । राणा विरोधी आन्दोलनले पनि देशलाई नोक्सान नै पुरयाएको रहेछ । राजतन्त्र विरुद्धको आन्दोलन त देशका लागि झन ठुलो अभिषाप जस्तो हुदै गएको छ ।

पञ्चायतले ३० बर्षमा जे जस्तो विकाशको प्रारुप कोरेको थियो त्यसलाई भत्काउने र उसले जोडेको उद्योग बेचेर खाने काम भयो । गण्डकी, कोशी, महाकाली हुदै भए भएभरका हिमनदिनाला अहिले विदेशीका कव्जामा छन । चिन सरकारका सहयोगमा खोलिएका ३ दर्जन कलकारखाना आज भग्नावशेषमा परिणत भएका छन । देश किस्ता किस्तामा बेचिएको धेरै भयो तर यो क्रम कहिल्यै रोकिएन । नेपालका नेताहरु भारत दौडाहामा जान्छन तर उनीहरुले गुमेको भूभाग फिर्ता गराउन कुनै पहलकदमी लिदैनन बरु राजनैतिक स्टन्टका लागि केही राष्ट्रबादी कुरा गरेको भन्दै नेपालमा आएर सुनाउछन । हामी पत्याउछौ र ढुक्क भएर समर्थन गर्दछौ । यसको मुल्य जनताले एक दिन श्रीलंका बनेर या अफगानिस्ता भएर चुकाउने दिन आउछ । भुटान जस्तो बनेर बस भन्दा नमानेको कारण राजतन्त्र समाप्त भएको बुझेर पनि हामीमा कुनै हेक्का नरहे पछि अब यो देश कसले बचाउछ ? हाम्रा नेताले देशलाई भुटान जस्तो मात्र बनाउदै छैनन । यो यात शक्ति राष्ट्र को क्रिडास्थल बन्ने छ नत्र सिक्किम जस्तो हुनेवाला छ । शत्रुहरु ले नक्कली मित्रता गरेर देशलाई बरबाद पार्ने कोशिष गरिरहेका छन हामी बुझ्न कोशिष गरिरहेका छैनौ । हामीलाई हाम्रै पार्टीको विश्वास छ तिनै नेताको भरोषा छ जुन एकदमै ठुलो भ्रम हो भविश्यमा पछुताउने बाहेक केही कुरा बाकी रहने छैन ।

मुल विषयको विषयान्तर गर्न उनीहरुले नयाँ नयाँ कथा सुनाउछन । भारतमा गएर प्रभुभक्ति गाउँछन र उसलाई जे गर्दा खुशी हुन्छ त्यहि गरेर फर्कन्छन । हुदाहुदा हामी साम्राज्यवाद को चंगुलमा फसिसक्यौ । देशलाई फिजीकरण गर्न नागरिकताको टेन्डर खुलिसकेको छ । निकट भविश्यमा यहाँका रैथाने मधिसे र धर्तिपुत्र भनिएका तराईका थारुहरु मात्र होईन पहाडी मुलका नेपालीहरु पनि अल्पमतमा पर्ने अवस्था आईसकेको छ । केही दशकका हामी हाम्रो देशमा नै शरणार्थी हुने पक्कापक्कि छ । नेताहरुले देश बेचिसकेका छन । धर्म र सस्कृतीमाथि खुलेआम अतिक्रमणको आमन्त्रण गरेर भाषा र सस्कृती अनि धर्ममाथि आक्रमण भएको बर्षौ भयो, प्राकृतिक सम्पदा तथा नदिनाला सवै रित्ति सकेका छन । नागरिकता आलु भन्दा सस्तो भयो जसले पनि सहजै किन्न र बेच्न सक्छ । अब देशमा बाकी के छ ?

गणतन्त्र ले नेपालको राजनितीको सेन्टर दिल्लीलाई बनायो । उसको ईशरा र निर्देशन बेगर एउटा असल मान्छे देशको कुनै जिम्मेवार ठाउँमा पुग्दैन । राजदुत होस वा पुलिस अफिसर, सैनिक मुख्यालय होस वा सर्वोच्च न्यायलय जहाँ सुकै अर्को देशको निर्देशन लागु हुन्छ । कमसेकम राजतन्त्रमा त देशको राजनिती नारायणहिटीको वरिपरी थियो । देशको संविधानले तयार गरेको राजनैतिक संरचना कहिल्यै कसैको बहुमत नआउने बनाएको छ । आईहाले त्यसलाई टुटाउने फुटाउने विभाग अमुक देशको दुतावासमा सक्रिय हुन्छ । संघियताको नाममा देश कमजोर बनाउने र यसलाई विभाजनको तहमा पुरयाउने प्रयास भईरहेको छ । समानुपातिक प्रतिनिधित्वको व्यवस्था किनबेचको लागि खडा गरिएको संरचना बनेको छ । त्यहाँ जसले लगानी गर्दछ त्यही पुग्ने हो । हाम्रो देशमा सधै किनबेचको राजनिती चलिरहने र विदेशीको ईशरामा नाचिरहने यो भन्दा पराधिन देश संसारमा कतै होला ? परोक्ष रुपमा हेरौ, सुक्ष्म विश्लेषण गरयौ भने हामी हिजो जति स्वाधिन थियौ आज त्यति नै पराधिन छौ ।

अब आँखा बन्द गरेर यो व्यवस्थालाई चुनौति दिनु को विकल्प छैन । संघियता को खारेजी, समानुपातिक प्रतिनिधित्वको खारेजी, राजा वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रम वा राष्ट्रपति को विकल्पमा जानै पर्दछ देश बचाउने अरु कुनै विकल्प छैन । नेताहरु ले भारी कसिसकेका छन । उनीहरुले विदेशमा सन्तान को थान्को लगाई सकेका छन वा भविश्यमा मुलुक छाड्नु परेको अवस्थाका लागि अकुत दौलत आर्जन गरिसकेका छन । उनीहरु त्यो दिन सहजै मुलुक छाड्न तयार हुन्छन तर दुःख पाउने र मर्ने त यहाँ का जनताले नै हो । यसर्थ दलालहरुको दिल्ली सेन्टर भत्कार्औ नत्र भोली पछुताउनु शिवाय केही बाकी रहदैन ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...