Tuesday 16th September 2025

लघुकथा : पन्ध्र असार


नारायण कोइराला – हर्के दाईलाई बिहानै देखि घरमा देखेको छैन।।हर्केनी भाउजु भने हतारमा बाहिर भित्र गर्दै हुनुहुन्थ्याे।

म घरबाट निस्कँदा पानी परेको थियो। संजोग हर्केनी भाउजु पनि खेततिर जान निस्कनु भयो।च्यातिएको छाताबाट आफैलाई ओत्न कोसिस गर्दै हुनुहुन्थ्यो ।
वहाँको हातमा पोको थियो। भिज्ने अवस्था देखेंपछि पोको मैले समाए।पोकोबाट तातो बाफ् निस्कदै थियो।

खेतमा पुग्दा हर्केदाई आली लगाउन सकेर टुक्रुस बस्दै हुनुहुँदो रहेछ। तातो बाफ् आएको खाना पोरहेछ।कपाकप खान थाल्नु भयो। म हेरिरहें। अचानक एकहुल मानिस आइपुगें। मेरा आँखा तिर्मिराए। हर्केनी भाउजुले जिब्रो टोक्नु भयो। लथालिङ्ग कपडा देख्दा तिरीमिरी झ्याई हुनु स्वभाविक थियो।एकछिन हिलो संग अरु लथालिङ्ग भए। क्यामरा लजाउँदै तस्बिर खिच्दै थियो। हामी आफ्नै काममा व्यस्थ भयौ।

साँझ घर पुग्ने बित्तिकै मोबाइल हेर्न थाले।मस्तिष्कमा झन्क्का छुट्यो।झन्क्का छुट्नुको पनि कारण छ,

“लथालिङ्ग कपडामा उनिएका पन्ध्र असार भनेर भाइरल थिए। मिहिनेती गर्ने हर्के, हर्केनी गायब।”

तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

जेन-जी आन्दोलनको दबाबपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तारको प्रक्रिया सुरु गरेको छ। प्रधानमन्त्री कार्कीले पहिलो चरणमा…

खाडी सहयोग परिषद् (#GCC) देशहरूले #फिलिपिन्स सरकारले आफ्नो घरेलु कामदारहरूको तैनाथीको सम्बन्धमा घोषणा गरेको नयाँ आवश्यकताहरूप्रति चिन्ता व्यक्त गरेका छन्,…

पछिल्लो दुई दिनदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भिडियो सन्देश पाकिस्तानको सामाजिक सञ्जालमा चर्चामा छ, जसमा उनले पाकिस्तान र ओसामा बिन…

प्रतिकृयाहरू
...