Thursday 15th May 2025

अफगानिस्तानमा भूकम्पबाट मर्नेको संख्या १००० नाघ्यो, हजाराैं घाइते


अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी एक हजार जनाको ज्यान गएको र सयौं घाइते भएको समाचारहरू प्रकाशित भएका छन् । भूकम्पले बढि प्रभावित भएको पक्तिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हाजिफीलाइ उधृत गर्दै १,००० जनाको मृत्यु भएको र १,५०० भन्दा बढी घाइते भएको समाचार बीबीसीले जनाएको छ ।

अफगानिस्तानको दक्षिण-पूर्वी सहर खोस्टबाट ४४ किमी (२७माइल) टाढा भूकम्प गएको थियो । भूकम्पबाट प्रभावित पक्तिका प्रान्तमा ग्रामिण इलाकाहरूमा बस्नेहरू भूकम्पबाट बढी प्रभावित भएका छन् । भूकम्प पछि सञ्चार सम्पर्क विच्छेद भएका कारण स्थानीयहरूबाट क्षतिको यकिन विवरण लिन सम्भव भइरहेको छैन ।

स्थानीय समय अनुसार गएराति ०१ः३० बजे मानिसहरू सुतिरहेको समयमा गएको ६.१ रेक्टर स्केलको भूकम्पले पक्तिका प्रान्तमा माटोले बनाएका धेरै घरहरू भत्किएकाले उद्दार टोलीले जमिनमुनी पुरिएकाहरूको खोजीकार्य गरिरहेका छन् भने मर्नेको संख्या बढ्न सक्ने बताइएको छ । उद्धारकर्ताहरू घाइतेहरूको उपचार गर्न र भगनावशेषमा जिउँदै मानिसहरूको खोजिमा लागिरहेका छन् ।

अफगानिस्तानमा गएको दुई दशकयताकै सबैभन्दा ठूलो भूकम्प हो ।


सम्बन्धित शीर्षकहरु

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

प्रतिकृयाहरू
...