Friday 3rd May 2024

स्थानीय तह निर्वाचनः आज देशभर बिहानैदेखि मतदान


स्थानीय तहको निर्वाचन-२०७९ को मतदान अहिले बिहान सात बजेदेखि नेपालभर सुरु भएको छ ।

संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन अन्तर्गत यसपाली दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । वि. सं. २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।

बहुदलीय व्यवस्था पुनर्बहालीपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ ।

निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनालाई मताधिकार छ । देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा ६५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ । ७९ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने जनाए पनि ६५ वटाले मात्रै उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका छन् ।

यससँगै नेपाल र नेपालीका लागि लामो प्रतीक्षाको दिन अन्त्य भएको छ । सङ्घीय शासन व्यवस्थाअन्तर्गत स्थानीय तहका लागि दोस्रो निर्वाचनको दिन आज नेपालीका लागि ठूलो पर्व, ठूलो महोत्सव र एक किसिमको ठूलो मेला पनि हो । नेपाली जनता यो महोत्सवमा सहभागी हुन उत्साहित रहेको पाइएको छ । फेरी पनि जुन ठाउँको मतदाता नामावलीमा नाम छ त्यहीँ पुगेर मतदान गर्नुपर्ने बाध्यता हुँदा कतिपय देश भित्रकै मतदाता मतदाता नामावली भएको स्थानमा पुग्न नसक्दा मताधिकारबाट बन्चित हुनु परेको छ भने नेपालमा अनलाइन मार्फत भोटिङको व्यवस्था गर्न नसक्दा विदेशमा रहेका नेपालीले मतदानमा सहभागिता जनाउन नपाउनु अर्को पीडा रहेको छ ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...