Thursday 10th September 2026

परदेशीलाई सम्बोधन नगरिएको एमालेको प्रतिबद्धता पत्र


नारायण कोइराला – चुनावी माहोल तिब्र गतिमा चलेको छ। उमेदवारी मनोनयन कार्य सकिएको छ। मनोनयन दर्ता सगै आफ्नो तर्फबाट पार्टीका उमेदवार प्रसार प्रचारमा लागेका छन्। गाउँबेसी, शरहतिर चुनावी सरगर्मी बढेको छ। नेता र कार्यकर्ता गाउँबेसी र शहरका घर गल्लीमा दस्तक दिन थालेका छन।

हुन् त आजको समयमा प्रचार प्रसार गर्न त्यति असहज भने छैन।घर मै बसेर पनि सामजिक सञ्जाल मार्फत आफ्नो विचार राख्न सकिन्छ।यसको असर पनि परेको देखिन्छ।शहर बेसीमा झण्डा र पम्पलेट भन्दापनि सामाजिक संजालमा यसको प्रभाव देखिन्छ। हेरक पार्टी र उमेदवारहरु सामाजिक सञ्जालमा भाइरल भएका पनि छन्।कसैले युवानेता भनेर पुराना नेता संग प्रतिस्पर्धा गर्दै छन् । खारिएका पुराना नेताहरु पनि कम छैनन्। अनुभव र पार्टीप्रतिको वफादारीलाई चुनावी हतियार बनाउँदै छन्।

चुनावको बेलामा यो सबै देख्न पाउनु स्वभाविक पनि हो।
अहिलेको राजनीति अवस्था के छ भनेर सोचिरहनु पर्ने अवस्था छैन।सबैलाई थाहा भएको कुरा नै हो। वर्षा लागेपछि भेल आउँछ नै।अहिले पनि चुनावी भेल बग्न् सुरु भएको छ।यो भेलले कलाई बगाउछ,कसलाई बचाउँछ त्यो समयले बताउला।

चुनावी मैदानमा उत्रेको पार्टीहरुले आफ्ना घोषणा पत्रहरू सार्वजनिक गरिरहेका छन्।यो पनि हामीहरू धेरै पल्ट देखिसकेका छौ। लेखिएका बुँदामा आखाँ लगाउने हो भने देशको मुहार नै फेरिएको देखिन्छ। तर दुर्भाग्य मुहार चुनाव पछि घोषणा पत्र लेख्नेहरुको फेरिन्छ।यो निराशालाई आशामा बदल्ने प्रतीक्षामा छन् भोटरहरु।

प्रतेक पार्टीले आफ्नो केन्द्रीय स्थरबाट घोषणा पत्र त जारी गरेका छन् नै।त्यस्तै नगर र पलिकाहरुमा पनि प्रतिवद्धता पत्रहरू सार्वजनिक भएको देखिन्छ।तानसेन नगर पालिकामा पनि यो अवस्था देख्न पाइन्छ। यहाँ मुख्य चुनावी लड़ाई भनेको गठबंधन र नेकपा एमाले बिच नै हो। अरु नगरपालिकाको जन्म नहुँदै हुर्केबढे पनि यो नगरपालिका अरूको तुलनामा धेरै पछाडि नै देखिन्छ।त्यसको उदाहरण हेर्न टाढा जानु पर्दैन।नगरपालिका अगाडिको टुँडिखेल हेर्दा केही झलक पाउन सकिन्छ।
अबेबस्थित खम्बामा झुण्डिएका तारहरु, नगर व्यवस्थालाई गिजाई रहेको छ।

यसपाली एमालेले प्रतिवद्धता पत्रमा सबै समेटेको छ।
एमालेको प्रतिबद्धता पत्र पढ्दा विकासको लहर नै देखिन्छ।चुनावी माहोलमा यो स्वभाविक पनि हो।

देशमा के, कसले धानेको छ भन्दा आउने बुँदा भनेको रेमिटेन्स पनि हो। सबै परदेशिएका सफल भएर आउँछन् भन्ने सकिने अवस्था पनि छैन। विदेश बसुन्जेल त देशको अर्थतन्त्रको लागि योगदान गरेका हुन्छन् नै। समय परिस्थितिले प्रदेशीहरुको जीवनमा कुन मोड आउँछ यकिन गर्न सकिन्न। यो अवस्था सीप लिएर फर्किएकाहरुको लागि के भन्ने कुराको सुनिश्चित गरेको देखिएन नेकपा एमाले तानसेनको प्रतिवद्धता पत्रमा। यो तानसेन एमालेको प्रतिबद्धता पत्रमा खडकिने पक्ष हो।आगामी दिनमा यसलाई कसरी लिइन्छ, त्यो भविष्यले नै बताउला। लाखौं मानिस परदेशिएको अवस्थामा परदेशीहरुको हकहितमा नबोल्नु भूल हो वा कमजोरी यसको जवाफ हामीलाई दिनु पर्ने छ।

तानसेन पाल्पा।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...