Thursday 15th January 2026

दाङमा खोलाले बस बगाउँदा १५ जना घाइते, ५ जना गम्भीर


तितोपाटी – दाङमा यात्रुबाहक बसलाई खोलाले बगाउँदा १५ जना यात्रु घाइते भएका छन् ।

आइतबार भएको दुर्घटनामा घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ ।

घाइते मध्ये गम्भिर घाइते दाङ तुलसीपुर उपमहानगरपालिका २ बालापुर निवासी ४० बर्षका दोर्ण देवकोटा, उनकी श्रीमती ३८ बर्षकी होमा देवकोटा, तुलसीपुर उपमहानगरपालिका – १५ डुरुवा निवासी २२ बर्षकी प्रतिभा पौडेल, सुर्खेत दशरथपुर गाउँपालिका बस्ने बर्ष २२ का दीपक दर्लामी र उनकी श्रीमती कृष्णा पौडेललाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बताएका छन् ।
उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको हो ।

त्यसैगरी अन्य घाइतेहरु तुलसीपुर उपमहानगरपालिका– ७ वसन्तपुरका मिनबहादुर वली, शानितनगर गाउँपालिका– २ बस्ने ३५ बर्षका खलकुमारी बस्नेत, रुकुम धर्मशाला गाउँपालिका निवासी ६५ वर्षकी पुर्ण रोका, कैलाली लागीचुवा नगरपालिका बस्ने १८ वर्षका सुवाश चौधरी, तुलसीपुर उपमहानगरपालिका – ८ निवासी ५० वर्षकी बिमलादेवी विक, तुलसीपुर उपमहानगरपालिका , ५ बसर्पाक निवासी ३८ की द्रौपता परियार, सोही ठाउँकी लक्ष्मी परियार, घोराही उपमहागनरपालिका – १९ निवासी विजय बुढा, सोही ठाउँकी ५१ बर्षीय ज्योति बुढाको राप्ती अञ्चल अस्पतलामा उपचार पछि डस्चार्ज गरिएको प्रहरीले बताएको छ ।

धनगढीबाट दाङको तुलसीपुरका लागि छुटेको ना४ख ८१३६ नम्बरको बसलाई तुलसीपुर – घोराही सडक खण्ड अन्र्तगत ग्वारखोलामा आएको बाढीले वगाएको थियो ।

बसमा रहेका यात्रलाई नेपाल प्रहरी, स्थानीय बासीले उद्धार गरेका थिए । बसमा १८ जना यात्रु सवार रहेको पहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

प्रतिकृयाहरू
...