Saturday 10th May 2025

पर्वतमा बस दुर्घटना हुँदा १६ जना घाइते, ६ जना गम्भीर


तितोपाटी – मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नम्बरको बस सडकबाट करिब ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छजना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ।

अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ भने बसचालक प्रहरीको नियन्त्रणमा रहेको छ। दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए। रासस


सम्बन्धित शीर्षकहरु

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

प्रतिकृयाहरू
...