Wednesday 10th September 2025

धेरै बुस्टर डोज दिँदा रोग प्रतिरोधी क्षमतामा असर पर्न सक्ने


कोभिड १९ विरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ।

‘हरेक चार महिनामा बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोधी प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल नियामक निकायले भनेको छ।

उक्त संस्थाले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सम्बन्धित मूलुकहरूलाई अनुरोध गरेको छ।

ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका वृद्धवृद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेका छन्। बेलायतले पनि कोभिडबाट नागरिकको रक्षार्थ दोसो बुस्टर डोज दिने तयारी गरेको छ।

अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ। युरोपपछि अहिले अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ। सङ्क्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन्।

-नागरिक न्यूजबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

प्रतिकृयाहरू
...