Friday 3rd July 2026

कुवेतको श्रम बजार २०२१’मा अस्वभाविक परिवर्तन, साढे दुई लाखले छाडे कुवेत


तीतोपाटी, काठमाडौं – कुवेतको श्रम बजारमा सन २०२१ भित्र केही अस्वभाविक परिवर्तन देखिएका छन् । कोरोना संक्रमणका कारण आर्थिक क्षेत्रमा ठूलो असर परेको र यो वर्ष मात्र कुवेतमा रहेका आप्रवासी मध्ये २ लाख ५७ हजारले सधैंका लागि कुवेत छोडेको बताइएको छ ।

जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (पाम)को प्रतिवेदन अनुसार यो वर्ष २१ हजार कुवेती नागरिकले रोजगारी खोज्न आवेदन दिएका थिए ।
त्यस्तै ४१ हजार २ सय घरेलु कामदारले यो वर्ष कुवेत छाडेका छन् । उनीहरू पारिवारिक क्षेत्रका घरेलु कामदार थिए ।
श्रम बजारमा कुवेतीहरूको संख्या यो वर्ष २३ हजारले बढेको छ, जसमध्ये अधिकांश सरकारी क्षेत्रमा छन् ।

कुवेतको श्रम बजारमा २७ लाख मानिस रहेको बताइएको छ । त्यसमध्ये कुवेतीहरू १६.२ प्रतिशत छन् ।
व्यावसायिक श्रमको अभावले भवन तथा निर्माण, कृषि, माछा मार्ने, सरसफाई, सार्वजनिक सेवाका क्षेत्रमा नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख गरिएको अरबटाइम्सले लेखेको छ ।

कुवेतको निजामती सेवा आयोग (सीएससी) र पामले निजी क्षेत्रमा कुवेती कामदारको दर बढाउने र केही प्राबिधिक पदमा कुवेतीकरण गर्ने सम्भावनाबारे अध्ययन गरिरहेका छन् ।
२०२१ मा श्रम बजारको तथ्याङ्क यस्तो छ ः–
■ जम्मा घरेलु कामदारहरू ६ लाख ३९ हजार
■ निजी क्षेत्रमा १५ लाख गैर–कुवेती कामदार
■ निजी क्षेत्रमा ७३ हजार कुवेती कामदार
■ सरकारी क्षेत्रमा ३ लाख ४६ हजार कुवेती कामदार
■ जागिर खोज्ने २१ हजार ६ कुवेती कामदार
कोभिड–१९ को सङ्कटलाई मध्यनजर गर्दै सुरक्षा, सरसफाइ सेवा र यातायातका क्षेत्रमा काम गर्ने कम्पनीमा कामदारको अभाव भएको देखिएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...