Monday 30th June 2025

प्रवासी नेपाली मञ्चले यहि नोभेम्बर १८-१९ मा वनभोज तथा प्रशिक्षण कार्यक्रम गर्ने


तीतोपाटी – नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले यहि नोभेम्बर १८-१९ मा एक वनभोज तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । सो कुरा मञ्चका सचिव गणेश रावतले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् ।

तीतोपाटी सँगको कुराकानीमा रावतले भने प्रवासी नेपाली मञ्च कुवेतले पार्टीको दशौ राष्ट्रिय महाधिवेशनको अवसरमा वनभोज कार्यक्रम आयोजना गरेको र सो वनभोज कार्यक्रममा पार्टीका कार्यकर्तालाइ प्रशिक्षण तथा पार्टी प्रति अास्थावान प्रवासी श्रमिकहरूलाइ पार्टी प्रवेश गराउने पनि जनाए ।

कुवेतमा सन २०१२ मा स्थापना भएको नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मंच कुवेतले स्थापनाकाल देखि बिभिन्न कार्यक्रम गर्दै आईरहेको यस संगठनले आफ्नो पार्टीको हुनगई रहेको दशौ महाधिवेशनको अवसर पारेर वनभोज कार्यक्रम राखी आफ्ना सदस्यहरु र नेकपा एमाले प्रति आस्थावान नेपाली बीच भव्यरुपमा मनाउने भएको हो ।

कुवेतको रमणिय स्थान कवड एरियामा मनाउन लागिएको वनभोज कार्यक्रमलाइ नेकपा एमाले प्रति आस्थावान सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाइ उक्त वनभोज कार्यक्रममा उपस्थितिका लागि प्रवासी नेपाली मञ्च कुवेतले हार्दिक निमन्त्रणा गरेको छ ।

वनभोज कार्यक्रम सम्बन्धी थप जानकारीको लागि
राजु थापा : ६६१९६५०५
गणेश रावत : ५५८२०८१४
संतोष तामांग : ९८७६००४६
नानुराज बराल : ६०९८५७१८
लाइ सम्पर्क गर्न सकिने पनि प्रवासी नेपाली मञ्च कुवेतले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मिसिसिपी विश्वविद्यालयका ग्रहीय भूगर्भशास्त्री एरिका लुज्जीको नेतृत्वमा अनुसन्धानकर्ताहरूको टोलीले मंगल ग्रहमा भविष्यमा मानव बसोबासलाई समर्थन गर्न सक्ने आशाजनक स्थान पहिचान…

नारायण कोइराला - बिदा भयो कि लेख्नै पर्ने?चर्को बोलीले मेरो मनलाई छोयो।प्रदेशको ठाउँ बोली हाल्न उचित ठानिनँ।चुपचाप विस्तारमा बसेँ।एउटा सानो…

पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गर्नु भएको छ  ।  जननेता मदन भण्डारीको ७४ औँ…

प्रतिकृयाहरू
...