Thursday 3rd September 2026

ओमानमा रहेका अवैधानिक नेपालीलाई स्वदेश फर्किने अवसर


तितोपाटी- ओमान सरकारले ओमानमा कागजातविहीन भएर बसेका नेपाली आप्रवासी श्रमिकलाई बिनाजरिवाना स्वदेश फर्किने मौका दिएको छ । ओमानस्थित नेपाली दूतावासले सूचनामार्फत ओमानको श्रम मन्त्रालयको स्वीकृति लिएर डिसेम्बर ३१ सम्म ओमान छोड्ने अवसर दिएकाले कागजविहीन भएर बसेका नेपालीलाई अवसर लिन आग्रह गरेको हो ।
दूतावासका अनुसार यो अवसर सदुपयोग गर्दै स्वदेश फर्किएमा श्रम र भिसासम्बन्धी कुनै पनि जरिवाना लाग्नेछैन ।

ओमानमा विभिन्न समयदेखि भिसा नवीकरण नगरी वा बिनाजानकारी आफ्नो रोजगारदाता छोडेर कागजातविहीन भएर काम गरिरहेका नेपाली श्रमिक बिनाजरिवाना स्वदेश फर्कन सक्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ । ओमान सरकारले दिएको यो अवसरको फाइदा लिँदै अहिलेसम्म ५० जना नेपाली स्वदेश फर्किसकेको पनि दूतावासले जनाएको छ ।

दूतावासले सूचनामार्फत ओमानमा विभिन्न कारणले आफ्नो रोजगारदाताको सम्पर्कबाहिर रहेका तथा भिसा र राहदानीको म्याद सकिएकालाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको छ ।
आममाफीमार्फत स्वदेश फर्कन चाहने नेपाली श्रमिकले राहदानीको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउनु परे वा आममाफीबारे थप केही बुझ्न परे पनि दूतावासमा सम्पर्क गर्न सकिने तर आपराधिक गतिविधिमा संलग्न भई रोजगारदाताले प्रहरीमा उजुरी गरेकाको हकमा भने यो प्रक्रिया लागू नहुने दूतावासले सूचनामार्फत स्पष्ट पारेको छ ।

-गोरखापत्रबाट


सम्बन्धित शीर्षकहरु

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

इजिप्टको सिनाई क्षेत्रमा बुधबार यात्रुवाहक बस पल्टिँदा २२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। दुर्घटना लाल…

प्रतिकृयाहरू
...