Thursday 21st August 2025

कोमामा रहेका जंग बहादुरलाई एयर एम्बुलेन्स बाट नेपाल पठाईयो


तितोपाटी डट कम-युएई ,साउन १६। मस्तिष्कमा रक्तसञ्चार बन्द हुदा बिगत एक महिना देखि दुबईको एक अस्पतालमा अचेत अबस्थामा (कोमामा) उपचाररत जंग बहादुर लुङ्गेलीलाइ नेपाल पठाइएको छ।

युएईको दुबई राज्य स्थित फ्राम फ्रेस कम्पनीमा काम गर्दै आएका इलामका ३८ बर्सिए जंग बहादुर लुङ्गेली गत जुन १९ तारीख देखि दुबई अस्पतालको कोमामा उपचाररत थिए ।

काम सकेर सामन्य अबस्थामा कम्पनी होस्टेल फर्किएका लुङ्गेलीलाइ सुरुमा हृदय घात भएको र एम्बुलेन्समा राखी अस्पताल पुर्याउदा बाटोमा नै स्वासप्रस्वास बन्द भएको थियोे। अस्पतालमा डाक्टरले पुन बिधुतिय उपकरणको प्रयोग गरि स्वासप्रस्वास संचालनमा ल्याउन सफल भएपनि झन्डै ३० मिनेट सम्म मस्तिष्कमा रक्तसञ्चार नभए पछी मस्तिष्कनै ड्यामेज भए पछी उनी एक महिना देखि कोमामा रहेका छन्।

अस्पतालमा उपचार गराउदा स्वास्थ्य बिमा बापत पाउने रकम सकिएको र यहाँ उपचार गराउन नसकिने भयपछि लुङ्गेलिलाइ बुधबार ३१ हजार दिराम भाडा तिरेर एयर एम्बुलेन्स मार्फत नेपाल पठाइएको एनआरएनए युएईका पुर्ब महासचिव तथा बिरामीका सहयोगी सन्तोष प्रसाइले

जानकारी दिएका छन्।

उपचारको क्रममा स्वास्थ्य बिमा बापत १लाख १४ हजार दिराम अस्पताललाई भुक्तानी भएको छ ।केहि दिन अघि कोमामा उपचाररत लुङ्गेलीको स्वास्थ्य अवस्था बारे जानकारी लिन आयको दूतावासको टोलिले जति सक्दो छिटो लुङ्गेलिलाई नेपाल फर्काउने प्रतिबद्धता जनाएको थियो।

-साभार-एभ्रेष्ट दैनिक


सम्बन्धित शीर्षकहरु

गाजा: २२ महिनाभन्दा बढी समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न नयाँ कूटनीतिक प्रयासपछि हमासले गाजाको लागि नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको…

बगदाद: इराकी अधिकारीहरूले मोसुल शहर नजिकै दाइस समूहका हजारौं पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहानको उत्खनन सुरु गरेको परियोजना निर्देशकले…

तितोपाटी- पाल्पाको तानसेनमा श्री ७ रणउजिरेश्वरी भगवतीको २०६औँ खट् यात्रा निकालिएको छ। श्रीकृष्णाअष्टमीको रातमा जाग्रामसंगै भोलिपल्ट भगवती जात्रा भब्य रुपमा…

प्रतिकृयाहरू
...