Sunday 6th September 2026

कुवेतमा २ बर्ष देखी बेपत्ता मोरङकी कल्पना मगरातीको खोजीको लागि परिवारद्वारा आग्रह


 हरि कृष्ण न्यौपाने,तीतोपाटी डटकम-घरेलु महिला कामदारको रुपमा करिब ६ बर्ष अघी कुवेत आएकी मोरङ मोरङ्डागी-८की कल्पना मगराती करीब २ बर्ष देखी घर-परिवार र आफन्त संग संपर्क बिहिन भएकी छिन। आफ्नी छोरी यसरी एका-एक बेपत्ता भए पछी कल्पनाको बुवा भुपाल मगरातीले कुवेतमा रहेको नेपाली दुताबास, नेपाली संघ-सस्थाहरु तथा सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई कल्पनाको खोजीका लागि आग्रह गरेका छन।

पास्पोर्ट नं-०५५०५०७० तथा कुवेतको सिभिल आईडी नं-२८९११२८०२९६३ का आधारमा खोजी गर्दा कल्पना मगरातीको कुवेतको एक बर्षे भिसा सन २०१२ मेई ३१ तारिकका दिन लागेको देखिएको नेपाली दुताबास कुवेतका श्रम-सहचारी ज्ञानेन्द्र शर्माले बताएका छन।प्राप्त जानकारी अनुसार निज कल्पना मगरातीका बिरुद्द भिसा लागेको १ महिना नपुदै सन २०१२-जुन-२६ तारिक स्पोन्सरले घरबाट भागेको मुद्दा दर्ता गरेको देखिएको शर्माले बताए।शर्माले थेपे”परिवार सङ्ग २ बर्ष अघी सम्म संपर्कमा रहेकी भनिएकी कल्पना कुवेतमै बाहिर कतै भागेर काम गरेकी जस्तो देखिन आएको छ।किनकी सन २०१२ जुनमै उनी बिरुद्द कार्यस्थलबाट भागेको मुद्दा दायर भए पनि उनी सन २०१६ सम्म परिवारको सम्पर्कमा रहेकी थिईन।

यसै बिच कल्पना मगरातीको बुवा भुपाल मगरातीले कोही कसैले कल्पनालाई देख्नु,भेट्नु भएको र उनको बारेमा कुनै पनि जानकारी पाउनु भएको भए खबर गरिदिन अनुरोध गरेका छन।यदी कल्पनाको बारेमा कुनै जानकारी भएमा तीतोपाटी डटकम(कोसेली समुह) वा नेपाली दुताबास कुवेत वा कल्पनाको बुवा भुपाल मगराती- +९७७-९८०७०७२६४६मा खबर गरिदिनु अनुरोध गरिन्छ।


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

इन्डोनेसियाको माउन्ट अनाक क्राकाटाउ (Anak Krakatau) ज्वालामुखी पुनः सक्रिय भएर ठूलो मात्रामा ज्वालामुखीय खरानी आकाशमा फैलाएपछि जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको…

रसुवा जिल्लाको भोटेकोशीदेखि त्रिशूली नदीसम्म भदौ १० गते आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि नेपाल…

प्रतिकृयाहरू
...