Tuesday 15th September 2026

टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज कतार जाँदै


तितोपाटी- २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ ।

६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज राती साढे १० बजे दोहा प्रस्थान गर्दैछ ।

नेपाली खेलाडीहरु दुई दिन दोहामा क्वारेन्टीनमा बस्नुपर्नेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ स्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् ।

महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा भिड्नेछन् । नेपाली खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

यही प्रतियोगिताको दौरान आयोजना हुने एसियन टेबल टेनिस युनियनको सम्मेलनमा सहभागि हुन टेबल टेनिस संघको तर्फबाट चतुरानन्द राजवैद्य र शंकर गौतम पनि केही दिनपछि दोहा प्रस्थान गर्दै हुनुहुन्छ –imagekhabar बाट


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष,…

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

प्रतिकृयाहरू
...