Tuesday 19th May 2026

बिश्वकर्मा पूजा गरी कुमार बराइलीलाइ नेतृत्व सुम्पदै बिश्वकर्मा एकता समाजको अधिवेशन सम्पन्न


तीतोपाटी – बिश्वकर्मा एकता समाज नेपाल कुवेतले कुवेतमा बिश्वकर्माहरू संगठित हुन थालेदेखि हरेक वर्ष सम्पन्न गर्दै आएको बिश्वकर्मा पूजा यस वर्ष पनि असोज १ गतेका दिन धुमधामका साथ सम्पन्न गरेको छ भने विश्वकर्मा पूजाको अवसर पारेर कुमार बराइलीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गर्दै तेश्रो अधिवेशन सम्पन्न गरेको छ भने १० सदस्यीय संरक्षक तथा सल्लाहकार समिती पनि अधिवेशनबाट सार्वजनिक गरेको छ ।

समाजका अध्यक्ष गम बहादुर सुनारको सभाध्यक्षता तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रणध्वज लामाको प्रमुख आतिथ्यता एवं कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थितिमा अधिवेशन तथा विश्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको थियो ।

समाजले कुवेतको मंगाफ स्थित मेमोरिज हलमा गत १७ सेप्टेम्वर २०२१ शुक्रवारको दिन विश्वकर्मा पूजाको साथमा पाचौं वार्षिक उत्सव तथा तेश्रो अधिवेशन सम्पन्न गरेको हो भने उक्त बिश्वकर्मा पूजा कार्यक्रममा समाजका सचिव रोल बहादुर बिश्वकर्मा पुजारी रहेका थिए भने संरक्षक जीवन सुनारले कार्यक्रम सहजीकरण गरेका थिए ।

अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरू यस प्रकार रहेका छन्ः

संरक्षकहरः
शिव घमाल
जिवन सुनर
हितकाजी गाैतम चंदरा
भिम गदल
गम बहादुर सुनार

वरिष्ठ सल्लाहकार
राजेन्द्र बिरही बि.क.

सल्लाहकारहरूः
रन बहादुर बि.क.
सन्ताेष सुनार
प्रेम बहादुर बि.क.
चन्द्र गोतामे

अध्यक्षः कुमार बराइली
वरिष्ठ उपाध्यक्षः कृष्ण सुनार
उपाध्यक्षः दिल श्रीपाली/राजु बि.क.
महिला उपाधयक्षः माया बि.क/मिरा बि. पाैडेल
महासचिवः रोल बहादुर बि.क.
सचिवः बाल कुमार बि.क.
सह-सचिवः कृष्ण घमाल
काेषाध्यक्षः राम बि.क.
सह-कोषाध्यक्षः मिलन बि.क.
महिला संयाेजकः गाेमा बि.क.
महिला सह-संयोजकः मिना बि.क.
प्रवक्ताः जिवन कुमार बि.क.

सदस्यहरू
ओम प्रकाश बि.क.
ओम बि.क.
भूमा बि.क.
नारायण बि.क.
राम बि.क.
देव कुमार बि.क.
पूर्ण बहादुर बि.क.
रेम बहादुर बि.क.
नरेश रसाइली
मनी सुनार
गम बहादुर बि.क.
दिल बहादुर खाती
नारायण बि.क.
अर्जुन घमाल
सिता दर्नाल
सरू बि.क.
मिलन रसाइली

रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत बिश्वकर्माहरूलाइ एकताबद्ध गर्दै ‘बिश्वकर्मा एकता आजको आवश्यकता’ भन्ने मुल नारालाई आत्मसात् गर्दै सन २०१६ मा स्थापना भएको सस्थाले हरेक वर्ष असोज १ गतेको दिन विश्वकर्मा पूजा गर्दै आइरहेको छ भने कुवेतको नेपाली समाज र नेपालमा समेत सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको छ ।

 


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...