Monday 31st August 2026

लघुकथाः तिलहरी – नारायण कोइराला


मैले आमालाई मेरो पहिलो कमाईबाट तिलहरी किनेर दिएको थिए।आमा त्योदिन अती खुसी हुनुहुन्थ्यो।

तिलहरी आमाको घाँटीबाट बाहिर निस्कँदैन थियो। गाउँमा छोराको कमाईबाट किनेको तिलहरी भन्दै गफ लगाउनु हुन्थियो।आमाको त्यो खुसीले मलाई आनन्द आउँथ्यो।

त्यो तिलहरी पछिपनि मैले आमाको लागि अरू गहना बनाएको थिए। आमाको तिलहरी मोह भने घटेको थिएन्।अरुले अब त ! अरु राम्रा गहना छन।तिलहरी नलगाउँदा पनि हुन्छ भन्दा आमाको अनुहार रातो हुन्थियो।

आजभोलि आमाका अरू गहनाहरू छोरी बुहारीको शरीरमा झुन्डिएको देख्छु।

तिलहरी भने आमाको मृत्युपछि सम्झना बनेर मेरै कोठामा संझिएको छ।

नारायण कोइराला
तानसेन पाल्पा
हाल: यूएई।


सम्बन्धित शीर्षकहरु

प्रकाश सायमीले आफ्नो फेसबुक वालमा लेखेको यो सामग्रीलाई केवल गायक उदीतनारायण झाको जीवनीका रूपमा हेर्नुभन्दा पनि नेपाली संगीत तथा चलचित्र…

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका…

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने…

प्रतिकृयाहरू
...