Wednesday 26th August 2026

युएइमा अर्घाखाँची घर भएकी एक महिला कम्पनीको बाथरूममा मृत भेटिइन्


तितोपाटी – युएईको दुबईमा कार्यरत अर्घाखाँचीकी एक महिला मृत फेला परेकी छिन् ।

सितगंगा नगरपालिका ४ अमराई उपल्लो बजार स्थायी ठेगाना भएकी ३९ वर्षीया रिता खनाल काम गर्दै आएको कम्पनीको बाथरूममा मृत अबस्थामा फेला परेकी हुन् ।

दुबई स्थित टेनजिस्को सप्लायर्स कम्पनीमा २ बर्षदेखि काम गर्दै आएकी उनी कम्पनीको बाथरूम भित्र मृत अवस्थामा फेला परेको अर्घाखाँची दुबई सम्पर्क मन्चका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

मृतकको शबलाई हाल पोष्टमार्टमका लागि शारदास्थित सरकारी अस्पतालमा राखिएको र घटनाबारे नेपाली दूतवासलाई जानकारी भैसकेको बताइएको छ भने मृत्युको कारणबारे जानकारी बाहिर अाएको छैन ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...