Wednesday 5th August 2026

सात नारी सर्जकका उदकहरू



नेतृत्व
सधैँ गाईजात्रे
चरम बेथिति कायम!

पर्व
सांस्कृतिक गर्व
नबनोस् दु:ख दर्द !

सुख
अनुभव आनन्द
आत्मिक मनको शान्ति !
✍️ सुधा बास्कोटा ढकाल, काठमाडौँ


गाइजात्रा
नेताको चाला
नौटङ्की ठान्यो मनले !

तिज
नेपालीको पर्व
नाच्ने गाउने बजाउने !

पञ्चमी
सप्तऋषिको पूजा
आखिर अरुन्धती समेत !
✍️ लक्ष्मी बस्याल, बर्दिया

 


अठोट
दृढ सङ्कल्प
लिएमा निस्कन्छ निष्कर्ष !

रात
जुनकिरीको उज्यालो
आशाको खल्लो दियालो !

रात
उल्लुको समय
चोरी डकैतीको भय !
✍️ सरस्वती श्रेष्ठ, रुपन्देही


तीज
नेपाली चेलीको
नेपाली संस्कृतिको पर्व !

संस्कृति
नराम्रो मासेर
राम्रोको पुस्ता हस्तान्तरण !

चाड
देखासिकी होइन
निलौँ घाँटीअनुसार हाड !
✍️ तिला लेकाली, मोरङ


सुन्दर
सुनको पिँजडा
अड्किने कण्ठमा मुक्ति !

सपना
मुठ्ठीमा संसार
मनमा हौसलाको उडान !

अभिलाषा
अतृप्त जीवन
सधैँ कल्पवृक्षको चाहाना !
✍️ विजया घिमिरे , जनकपुर


तीज
शिव पार्वतीको
प्रेमिल मिलनको गाथा !

तीज
दिदी बहिनीको
माईती घरमा दर !

तीजको
रमाईलो पर्वमा
नारीहरू रातो सारीमा !
✍️ उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर, काठमाडौँ


अगाडि
खोलामा बाढी
पहिरो जाने डर !

जीवन
पानीको फोका
आखिर दुई दिन !

कविता
मनको भाव
पानीको तरङ्ग पैदा !
✍️ कविता आचार्य, कैलाली


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...