Saturday 23rd May 2026

इराकमा आइएस समूहको आक्रमणमा १३ सुरक्षाकर्मीको मृत्यु


तीतोपाटी – इराकको किर्कुक सहरमा इस्लामिक स्टेट (आइएस)ले शनिबार राति प्रहरीचौकीमा आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले पुष्टि गरेको छ।

उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएका बताइएको छ। आइएस आतंकवादीले शनिबार राति बग्दादबाट लगभग दुई सय ५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–रासाद सहरको एउटा गाउँमा रहेको प्रहरीचौकीमा आक्रमण गरेका प्रहरी मेजर अब्बास अल–ताईलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अल–ताईले भने, ‘चौकीमा भएको आक्रमणपछि उनीहरूले गाउँतर्फ जाने सडकछेउमा शक्तिशाली विस्फोट गराएका र त्यही विस्फाेटमा परी १३ प्रहरी मारिएका छन् भने अरू ६ जना घाइते भएका छन्।’ आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाथ गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए।

सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आक्रमण तीव्र पारेको थियो। यस क्रममा दर्जनौँ सुरक्षाकर्मी, सर्वसाधारण र आइएस लडाकुसमेतको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।

सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महसुस गरिएको थियो। तथापि, सुरक्षा बल तथा नागरिकविरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर सहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आइएसले आफ्नो प्रभाव देखाउने प्रयास गर्दै आएको छ। रासस


सम्बन्धित शीर्षकहरु

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

प्रतिकृयाहरू
...