Thursday 22nd January 2026

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान


तीतोपाटी – राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन अपरान्ह १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।

संसदको यस अधिवेशनबाट बजेट अध्यादेश पनि पारित गराउनु पर्ने छ तर बजेट अध्यादेश भन्दा पनि एमसीसी पास गर्न सरकारले कसरत गरिरहेको छ । एमसीसीका अलावा अन्य अध्यादेशहरू पनि संसदबाट पारित गर्ने योजना सरकारको रहेको छ ।

एमसीसी सम्झौता भएको ४ वर्ष पुग्ने लाग्दा संसदको अधिवेशन बोलाइएकोले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने प्रकृयाको लागि संसदको अधिवेशन बोलाइएको धेरैले अनुमान गरेका छन् ।

 

 


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...