Thursday 22nd January 2026

पर्वतका विभिन्न स्थानमा पहिरो जाँदा एकै परिवारका ५ सहित १० जनाको मृत्यु, १ वेपत्ता


तीतोपाटी –  पर्वत जिल्लाको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर एकै परिवारका ५ सहित  १० जनाको मृत्यु भएको छ भने पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतको कुशमा नगरपालिकाको वडा नं. ३ दुर्लुङ तथा वडा नं. ११ को सिल्मी र पकुवा एवं मोदी गाउँपालिका वडा नं. ५ आम्बोटमा गएको पहिरोले  १० जनाको मृत्यु भएको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार मृत्यु हुनेहरूमा  कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ ।

यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।

साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ भने मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...