Thursday 22nd January 2026

राैतहटमा १५ वर्षीया किशोरीमाथि ३ जनाले सामुहिक बलात्कार गरेको आरोपमा १ पक्राउ


तीतोपाटी – राैतहटमा तीन जना युवकहरू मिलेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको माधवनारायण नगरपालिका–३ का अन्दाजी २५ वर्षीय किशन सहनी र अन्य जना मिलेर किशोरीलाई मंगलबारर घाँस काट्न गएको बेला डरत्रास देखाई बलत्कार गरेको प्रहरीले जनाएको छ ।

दलित समुदायकी किशोरीलाई युवकहरूले एकान्तमा देखेपछि मुख थुनेर, डर देखाई बलात्कार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । माधवनारायण नगरपालिका– ५ स्थित सिसौघारीमा लगेर तीन जनाले बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बताएकी छन् ।

पक्राउ परेका आरोपी सहनीलाईमाथि अनुसन्धान भइरहेको र अन्य फरार २ जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

-न्यूज २४ नेपाल


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...