Friday 20th March 2026

नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दिनेश उप्रेती


तीतोपाटी – नेपाल-कुवेत सरोकार समाजको तेस्रो ऐतिहासिक अधिवेशन हिँजो २७ अगष्ट २०२१ शुक्रबारको दिन एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । कुवेतको हिजुल कबद यरियामा रहेको सभाहलमा सम्पन्न तेश्रो अधिवेशनबाट सन २०२१-२०२३ कार्यकालको लागि दिनेश उप्रेतीको अध्यक्षतामा ३० सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिती चयन गरेको हो ।

समाजका अध्यक्ष राम तामाङको सभाध्यक्षता तथा एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाको प्रमुख आतिथ्यता, NRNA ICC सदस्य हरि लावतीको बिशेष आतिथ्यता एवं कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाका पदाधिकारी प्रतिनीधि, समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरु उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल कुवेत सरोकार समाजका संरक्षक तथा  एनआरएनए कुवेतका उपाध्यक्ष टीकाराम आचार्यको स्वागत मन्तव्य र नेपाल तामाङ घेदुङ कुवैतका अध्यक्ष शुरेस ग्याबा तामाङले कार्यक्रम लाई सहजीकरणमा दीप प्रज्वलन गरि शुभारम्भ भएको अधिवेशन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनीधि, पत्रकार समाजसेवी वुद्धिजीविहरूले शुभकामना मन्तव्य राख्दै नेपाल कुवेत सरोकार समाजले गरेका राम्रा कार्यहरूको प्रशंसा गर्दै भविष्यमा पनि अझै धेरै कार्य गरी नेपाली समाज कुवेतलाइ अग्रगतिमा लैजान सरोकार समाज कुवेत अग्रपंतिमा रहोस भनि शुभकामना दिएका थिए ।

समाजको तेस्रो ऐतिहासिक अधिवेशनमा प्रमुख आतिथ्यता बिशेष आतिथ्यता कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी,पत्रकार हरुले शुभकामना मन्तब्य राखेका थिए।

स्मरण रहोस, संस्था स्थापना भए देखि नै नेपाल कुवेत सरोकार समाजले बिभिन्न सामाजिक कृयाकलापहरुमा सकृय रहँदै प्रवासमा बिभिन्न किसिमले अप्ठेरामा परेका श्रमिकहरूको राहत उद्दार गर्न  महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ भने विभिन्न किसिमका सांस्कृतिक, मनोरन्जनात्मक कार्यक्रमका अलावा कर्मथलो कुवेत तथा नेपालमा समेत सामाजिक र मानविय सेवाका क्षेत्रमा हातेमालो र सहकार्य गर्दै आएको छ ।

तेश्रो अधिवेशनबाट नव निर्वाचित कार्यसमिती तपसिल बमोजिम रहेको छः

संस्थापक संरक्षकः अर्जुन तामाङ, ध्रुब कुमार संग्राैला
वरिष्ठ संरक्षकः टिकाराम आचार्य
संरक्षकः राम तामाङ (निवर्तमान अध्यक्ष)
संरक्षकः जिमी मगर
संरक्षकः दिनेश चाैधरी

सल्लाहकारहरू
उमेश कुमार पुडासैनी
होम पाख्रिन
आशिश लिम्बु
राम कार्की
धर्मा तामाङ
रहमान मिया

अध्यक्षः दिनेश उप्रेती
वरिष्ठ उपाध्यक्षः सुर्य लामा
द्वितिय उपाध्यक्षः प्रेम लामा
तृतीय उपाध्यक्षः मिलन गुरूङ
महासचिवः दामोदर बटाला
सचिवः
सह-सचिवः सोम लामा
कोषाध्यक्षः रोशन थापा मगर
सह-कोषाध्यक्षः पेमा लामा
प्रवक्ताः सन्त लम्साल
युवा संयोजकः सुवास लामा
उप-संयोजकः बिक्रम क्षेत्री
सांस्कृतिक विभाग प्रमुखः सोम रसाइली
खेलकुद विभाग प्रमुखः खेम परियार
महिला संयोजकः पिंकी मगर
महिला उप संयोजकः सोनु माङदेन
सदस्यहरू
हेमा कुमारी पुडासैनी
अञ्जली तामाङ
लक्ष्मी लामिछाने
सोनाम लामा
रमेश लिम्बु
जय नारायण थारू
तारामान गुरूङ
हर्क बहादुर बस्नेत
अम्बर बहादुर भुजेल
बिमल घिमिरे
मोहमद अलि
राजु धिमाल
पदम मोक्तान
मनिस के.सी.
जितेन लिम्बु
सुनिल पण्डित

 


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...