Friday 19th December 2025

पाइलटले नै रक्सीले मातेर जहाज उडाउने खोजे अरूको के गति होला ?


तितोपाटी – मदिरा पिएर मातेका पाइलटले उडाउन खोजेपछि आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको छ । रक्सी पिएर मातेका पाइलटले दुबईका लागि जान लागेको फ्लाई दुबईका जहाज उडाउन खोजेपछि विमानस्थल प्रशासनले उनीहरुलाई रोकेर नियन्त्रणमा लिएको हो ।

रक्सीले मातेको अवस्थाका पाइलटले जहाज उडाउन खोजेपछि चालक दलका अन्य सदस्यले दिएको उजुरीका आधामा उनलाई नियन्त्रणमा लिइएको हो ।

‘फ्लाई दुबईका एकजना पाइलटको गतिविधि असामान्य पाएपछि हामीले उनलाई नियन्त्रणमा लिएका छौँ’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘प्रराम्भीक स्वास्थ्य परीक्षणमा उनी रक्सी पिएर मातेको विवरण पाइएको छ ।’

मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि रोकिएको फ्लाई दुबईको जहाज अर्का पाइलट दुबईबाट आएर लानुपर्ने भएको छ । ‘यो प्रकरणमा सम्पूर्ण रिपोर्ट आएपछि हामी फ्लाई दुबईका केन्द्रीय कार्यालयमा पठाउँछौँ’, क्षेत्रीले भने, ‘त्यतिन्जेलसम्म मातेर आफ्नो आचारण का पाइलटले जहाज उडाउन पाउँदैनन् ।


सम्बन्धित शीर्षकहरु

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

प्रतिकृयाहरू
...