Sunday 11th October 2026

कुवेतमा पर्बतकी पुतली परियारको मृत्‍यु,परिवारलाई संपर्कमा आउन दुताबासको आग्रह


हरी कृष्ण न्यौपाने-साबिकको कुस्मा-११,गौरी टोल-पर्बत घर भई केही समय देखी कुवेतमा कार्यरत पुतली परियारको मृत्‍यु भएको छ।परियारको २४ अगस्ट,२०२१ मंगलबारको दिन मृत्‍यु भएको हो।

नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकमसंग भने”परियारको मृत्‍यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको छ।राहदानी नं-१०३०९३१७ की पुतली परियारको अभिलेख हेर्दा उनले सन २०१४ मा साउदी अरबको लागि श्रम स्विकृति लिएको देखिन्छ।४२ बर्षिय पुतली अहिले अबैधानिक रुपमै कुवेतमा रहेको देखिन्छ।उनको मृत्‍यु प्रमाण पत्र आईसकेको छैन ।”

पुतली परियारको परिवार वा आफन्तहरुलाई कानुनी प्रकृया लगाएतमा सहजिकरणका लागि नेपाली राजदूताबास कुवेतको हटलाइन नं- ००९६५-९८८६९१२१ मा संपर्क गर्न दूताबासले अनुरोध गरेको छ।
(फोटो गुगलबाट साभार गरिएको हो।)


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...