Wednesday 26th August 2026

मलेसियाको नेपाली कामदार लिने सम्बन्धमा ‘जी -टु-जी’ सम्झाैता गर्ने मनसाय


तितोपाटी – मलेसियाले नेपाली कामदार लैजान अब सरकारसँगै सम्झाैता गर्ने तत्परता देखाएकाे छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले नेपाल सरकारसँग अवरुद्ध रहेकाे नेपाली कामदार लैजाने प्रक्रियामा पुनर्विचार गर्न अाग्रह गरेका छन् ।

निजी म्यानपावर व्यवसायीमार्फत मलेसिया जाने कामदार व्यापक ठगिन थालेपछि सरकारले केही महिनायता कामदारलार्इ मलेसिया जान राेक लगाएकाे छ । नेपालले कामदार पठाउन रोकेकाेमा मलेसियाली मन्त्रीले साे प्रतिबन्धमाथि पुरर्विचार गर्न अाग्रह गरेका हुन् ।

नेपाली कामदारका लागि मलेसिया मुख्य गन्तव्य रहँदै अाएकाे छ । त्यहाका धेरैजसाे उद्योगहरु विदेशी कामदारमै निर्भर रहेको र त्यसमा नेपाली कामदारकाे हिस्सा उल्लेख्य रहेकाे त्यहाँका मन्त्री कुलशेखरनले बताएका छन् । उनले मलेसियामा आउने कामदारहरुका लागि अन्य उपायहरु समेत अपनाउने बताएकाे मलेसियन समाचार माध्यमहरुले लेखेका छन् ।

शनिबार एक कार्यक्रममा बाेल्दै मन्त्री कुलशेखरनले भने, ‘नेपाली कामदारहरु बहादुरी र इमान्दारिताले चिनिएका छन् । धेरै मलेसियाली रोजगारदाताहरुले उनीहरुलाई अनुबन्ध गर्न चाहन्छन् । तर पछिल्लाे समय नेपाल सरकारले कामदार पठाउन प्रतिबन्ध लगाएकाे छ, जसमा पुनर्विचार गर्न हामी अाग्रह गर्छाैँ ।’

उनले नेपाल सरकारले यसलाई सहज रुपमा लिएर आफ्नो निर्णयप्रति पुनःविचार गर्नेमा अाफू विश्वस्त रहेकाे बताए ।

मन्त्री कुलशेखरनले कामदार अनुबन्धन गर्नका लागि तेस्रो पक्षको संलग्नताबाट हुने समस्याका बारेमा आफू जानकार रहेको बताउँदै अब दुवै देशका सरकार ‘जी-टु-जी’ मार्फत कामदार मलेसिया पठाउन नेपाल सरकारका अधिकारीहरु सकारात्मक रहेकाे जानकारी दिए ।

मलेसियाको कडा अध्यागमन नीतिका कारण तथा मलेसियामा सरकारले विदेशी कामदारमाथि सुरक्षा, स्वास्थ्य परीक्षण, भिसा शूल्कवापत संस्थागत रुपमै अर्बौँको ठगी गरेको भन्दै सरकारले मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको हो ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...