Saturday 24th October 2026

मलेसियाको नेपाली कामदार लिने सम्बन्धमा ‘जी -टु-जी’ सम्झाैता गर्ने मनसाय


तितोपाटी – मलेसियाले नेपाली कामदार लैजान अब सरकारसँगै सम्झाैता गर्ने तत्परता देखाएकाे छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले नेपाल सरकारसँग अवरुद्ध रहेकाे नेपाली कामदार लैजाने प्रक्रियामा पुनर्विचार गर्न अाग्रह गरेका छन् ।

निजी म्यानपावर व्यवसायीमार्फत मलेसिया जाने कामदार व्यापक ठगिन थालेपछि सरकारले केही महिनायता कामदारलार्इ मलेसिया जान राेक लगाएकाे छ । नेपालले कामदार पठाउन रोकेकाेमा मलेसियाली मन्त्रीले साे प्रतिबन्धमाथि पुरर्विचार गर्न अाग्रह गरेका हुन् ।

नेपाली कामदारका लागि मलेसिया मुख्य गन्तव्य रहँदै अाएकाे छ । त्यहाका धेरैजसाे उद्योगहरु विदेशी कामदारमै निर्भर रहेको र त्यसमा नेपाली कामदारकाे हिस्सा उल्लेख्य रहेकाे त्यहाँका मन्त्री कुलशेखरनले बताएका छन् । उनले मलेसियामा आउने कामदारहरुका लागि अन्य उपायहरु समेत अपनाउने बताएकाे मलेसियन समाचार माध्यमहरुले लेखेका छन् ।

शनिबार एक कार्यक्रममा बाेल्दै मन्त्री कुलशेखरनले भने, ‘नेपाली कामदारहरु बहादुरी र इमान्दारिताले चिनिएका छन् । धेरै मलेसियाली रोजगारदाताहरुले उनीहरुलाई अनुबन्ध गर्न चाहन्छन् । तर पछिल्लाे समय नेपाल सरकारले कामदार पठाउन प्रतिबन्ध लगाएकाे छ, जसमा पुनर्विचार गर्न हामी अाग्रह गर्छाैँ ।’

उनले नेपाल सरकारले यसलाई सहज रुपमा लिएर आफ्नो निर्णयप्रति पुनःविचार गर्नेमा अाफू विश्वस्त रहेकाे बताए ।

मन्त्री कुलशेखरनले कामदार अनुबन्धन गर्नका लागि तेस्रो पक्षको संलग्नताबाट हुने समस्याका बारेमा आफू जानकार रहेको बताउँदै अब दुवै देशका सरकार ‘जी-टु-जी’ मार्फत कामदार मलेसिया पठाउन नेपाल सरकारका अधिकारीहरु सकारात्मक रहेकाे जानकारी दिए ।

मलेसियाको कडा अध्यागमन नीतिका कारण तथा मलेसियामा सरकारले विदेशी कामदारमाथि सुरक्षा, स्वास्थ्य परीक्षण, भिसा शूल्कवापत संस्थागत रुपमै अर्बौँको ठगी गरेको भन्दै सरकारले मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको हो ।


सम्बन्धित शीर्षकहरु

इरानमाथि फेरि सैन्य कारबाही गर्न सक्ने ट्रम्पको चेतावनी, ‘एपिक फ्युरी’ दोहोर्‍याउने सङ्केत 6 वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध…

राजनीतिमा सबैभन्दा धेरै देखिने व्यक्ति नै सबैभन्दा धेरै प्रभावशाली हुन्छ भन्ने छैन। कहिलेकाहीँ मञ्चमा उभिएर भाषण गर्नेभन्दा पर्दापछाडि बसेर निर्णयको…

संयुक्त अरब इमिरेट्स (यूएई) मा समुद्री तेल प्रदूषण फैलिएपछि उम्म अल क्वाइनका सबै समुद्री तट तथा तटीय क्षेत्र अस्थायी रूपमा…

प्रतिकृयाहरू
...