Wednesday 21st January 2026

मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु


तितोपाटी – मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो।

२०७३ साल असोज ५ गते मलेसियाको भिसा लागेपछि बिदेसिएका आचार्य बिहिबार मेसिनमा च्यापिएको अवस्थामा मृत फेला परेको सुरक्षित आप्रबासन परियोजना (सामी) को दिक्तेलस्थित सूचना केन्द्रले जनाएको छ। आचार्य बैदेसिक रोजगारीका सिलसिलामा मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा काम गर्न पुगेका थिए।

आवश्यक कागजात मिलाएर मृतकको शव स्वदेश फर्काउनका लागि पहल थालिएको सूचना केन्द्रले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...