Saturday 3rd October 2026

धर्मिला कार्कीको गजल संग्रह – २९


गजल
###
बहरे खफिफ
फाइलातुन् + मुस्तफ्इलुन् + फाइलातुन्

हिड्न खोजे बाटो नराम्रो रहेछ
चढ्न खोजे भर्‍याङ चिप्लो रहेछ।

शून्यता छाएको छ मस्तिष्क भित्रै
लाग्छ मेरो जीवन अनौठो रहेछ।

एक अर्काको साथ चाहिन्छ, जहिल्यै
जिन्दगी एक्लै बाँच्न गाह्रो रहेछ।

वास्तविकता नै बुझ्न खोज्दैन मान्छे
काल्पनिक मात्रै बन्न खोज्दो रहेछ।

सम्झिएको बेला तिमी दूर हुन्छौ
सोच्छु हाम्रो सम्बन्ध काँचो रहेछ।

-धर्मिला कार्की
महाराजगञ्ज – ३, काठमाडौं


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...