Sunday 9th August 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २८


तिम्रो सामु अप्सराको, रुपै पनि कम छ सानु।
झनै माया पिरतीमा कति धेरै दम छ सानु ।

असल बानी ब्यवहार,ज्ञान,सीप,बुद्धि विवेक,
तन, मन, बोली, बचन, सबै अनुपम छ सानु।

युगौँ युग हुने गरि, एक अर्कामा नाता साइनो,
सम्बन्धलाई गाँसिदिने,तिमिसङ्ग गम छ सानु।

सुन्दर शान्त बिशाल त्यो,दिलभित्र स्वतन्त्र भै,
बस्न पाउँदा सधैंभरी यो मन अति रम्छ सानु।

दुनियाँको सामु हजुर,असल राम्रो नमुना त्यो,
चखेवाको जस्तै अब हाम्रो जोडी जम्छ सानु।

 

कालिन्चोक गा. पा ८ सुनखानी,
दोलखा,बागमती प्रदेश ।
(रचना २०७८/०४/२२ शुक्रबार)


सम्बन्धित शीर्षकहरु

विश्व फुटबल महासंघ (फिफा)ले आफ्नो संस्था र अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध योजनाबद्ध रूपमा भ्रमपूर्ण आरोप लगाएर प्रतिष्ठामाथि आक्रमण भइरहेको दाबी…

तिब्बती स्वतन्त्रता आन्दोलनका सक्रिय अभियन्ता लोब्गा राङजेन (५२) ले संयुक्त राष्ट्रसंघ (यूएन) मुख्यालयअगाडि आत्मदाह गरेका छन्। तिब्बती समुदायका अनुसार उनले…

गर्मी होस् वा जाडो, सुन्तला र मौसमी नेपालीहरूको रोजाइमा पर्ने लोकप्रिय फल हुन्। मीठो स्वाद, मनमोहक सुगन्ध र रसिलोपनका कारण…

प्रतिकृयाहरू
...