Monday 31st August 2026

बस दुर्घटना अपडेटः ७ को मत्यु, २५ घाइते


तितोपाटी – काठमाडौंबाट स्याङजाकाे वालिङ जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको यात्रुबाहक बस ट्रक सँग ठोकिएर खोंचमा खस्दा खस्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला ३ पुरुष र १ बच्चा रहेको बताईएको छ ।ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताएअनुसार बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको हो ।

ना ६ ख २५०६ नम्बरको यात्रुबहाक बस र ना ५ प ७४०९ नम्बरको ट्रक एक अापसमा ठोक्किदा बस खसेकाे उनले बताए।

हाल यात्रुहरुको उद्धार जारी रहेको छ ।

२५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएकाे डिएसपी ढकाले बताए। ट्रकसँग ठाेक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशुली नदी तर्फ खसेकाे छ।
घटनास्थलमा रहेका उद्धारकर्ताका अनुसार बस खाेँचमा अड्केका कारण नदीमा पुग्नबाट राेकिएकाे हाे। उद्धारकार्य सकिएकाे प्रहरीले जानकारी दिएकाे छ।
ढकालका अनुसार अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो।

सम्बन्धित शीर्षकहरु

प्रकाश सायमीले आफ्नो फेसबुक वालमा लेखेको यो सामग्रीलाई केवल गायक उदीतनारायण झाको जीवनीका रूपमा हेर्नुभन्दा पनि नेपाली संगीत तथा चलचित्र…

डिजिटल वित्तीय प्रणालीको तीव्र विकाससँगै क्रिप्टोकरेन्सी विश्वभर लोकप्रिय बन्दै गएको छ। छिटो, सीमापार र मध्यस्थ निकायविना कारोबार गर्न सकिने सुविधाका…

धमिलो दृष्टि (Blurred Vision) आँखासम्बन्धी सबैभन्दा सामान्य समस्यामध्ये एक भएको र यसलाई बेवास्ता गर्दा गम्भीर स्वास्थ्य समस्या लुकिरहेको हुन सक्ने…

प्रतिकृयाहरू
...