Thursday 17th September 2026

नेपाल सरकारद्वारा भूमि सम्बन्धि आयोग खारेज


तीतोपाटी – सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । कोरोना महामारीका कारण स्थानीय प्रशासनबाट भएका निषेधाज्ञाका क्रममा व्यक्तिगत घटना दर्ता बिलम्व शुल्क छुट दिने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रीपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मी तथा सदस्यमा डिल्लीराम रिमाल र नन्द कुमारी महर्जनलाई नियुक्त गरेको छ भने राष्ट्रिय चिकित्सा शिक्षा नियमावली पहिलो संशोधन नियमावली स्वीकृत गरेको छ ।

 


सम्बन्धित शीर्षकहरु

प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। स्वास्थ्य मन्त्री एन्टोनियो…

नेपालमा तीन हप्ताअघि आएको विनाशकारी बाढीमा १४०३ भन्दा बढी मानिसको मृत्यु भएको छ भने करिब ५,१०० जना अझै बेपत्ता छन्।…

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको लडाइँ फेरि चर्किएको छ। अमेरिकाले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई आफ्नो समर्थन जारी रहने…

प्रतिकृयाहरू
...