Sunday 8th November 2026

धर्मिला कार्कीको गजल संग्रह – २८


गजल

###

बहर:-मुजारे मुसम्मन अखरव
मफ्ऊल, फाइलातुन् ×२

डुल्दै छ भाइरस कति पोहोर साल जस्तो ।
सम्पूर्ण विश्व बन्ने भो ब्रह्मनाल जस्तो ।

मानव समाजलाई घरमा थुनेर राखी
यात्री बनेर कोभिड घुम्दै छ काल जस्तो ।

मार्‍यो अकालमा जन, बन्दैछ शत्रु कोभिड
फर्केर फेरि आयो उर्लेर छाल जस्तो ।

पार्‍यो बिजोग कोरोनाले रुवाउँदै मन
ओभाउँदैन आँखा पग्लिन्छ ताल जस्तो

छानेन वर्ग पेशा, जीवाणु रैछ निश्छल
बन्दैन रोग कहिल्यै नेता दलाल जस्तो ।

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

काठमाडौं। भारतीय सेनाको अग्निपथ योजनामा गरिएको महत्त्वपूर्ण परिवर्तनपछि भारतीय सेनामा नेपाली गोर्खा युवाको भर्ती पुनः सुरु हुन सक्ने विषयले नेपालमा…

रियाद। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद तथा पूर्वी प्रान्तलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी अरबको हवाई प्रतिरक्षा…

मस्कट। ओमानको समुद्री तटनजिकै एउटा व्यापारिक जहाजमाथि भएको आक्रमणमा एक भारतीय नाविकको मृत्यु भएको छ। जहाजमा सवार अन्य १३ जना…

प्रतिकृयाहरू
...