Wednesday 16th September 2026

शिव कुमार रेग्मीका नारी सम्मानमा तीन मुक्तकहरू


नारी सम्मान

####

मुक्तक-१
नारीको मन छुने कोशिश गर तर तन् होईन,
प्यारको संसार हेर्छिन तिम्रो धन होईन,
नारीको मन भित्र पसेर घर बोलाएता पनि
परिचय गर्न बोलाउ तर इज्जत लुटन होईन!

मुक्तक-२.
आशँुको मूल तोडिदेउ तर कुमारित्व होईन,
लक्ष्मी रूप हो नारी कुनै धातुको तत्व होईन,
नारीको प्यार र सम्मान देउ सधै भरी तिमी
मरेर जादा आशँ खसाल्नु कुनै महत्व होईन!

मुक्तत-३.
मनको भाब हेर चेहराको दाग होईन,
गृह लक्ष्मी हुन नारी सुकेको साग होईन,
नारी भित्र लुकेका अकाट्य प्रतिभा हुन्छन्
नारी घरको रोशनी सम्झ पोल्ने आग होईन!!

-शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक, पाल्पा


सम्बन्धित शीर्षकहरु

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

प्रतिकृयाहरू
...