Wednesday 21st January 2026

शिव कुमार रेग्मीका नारी सम्मानमा तीन मुक्तकहरू


नारी सम्मान

####

मुक्तक-१
नारीको मन छुने कोशिश गर तर तन् होईन,
प्यारको संसार हेर्छिन तिम्रो धन होईन,
नारीको मन भित्र पसेर घर बोलाएता पनि
परिचय गर्न बोलाउ तर इज्जत लुटन होईन!

मुक्तक-२.
आशँुको मूल तोडिदेउ तर कुमारित्व होईन,
लक्ष्मी रूप हो नारी कुनै धातुको तत्व होईन,
नारीको प्यार र सम्मान देउ सधै भरी तिमी
मरेर जादा आशँ खसाल्नु कुनै महत्व होईन!

मुक्तत-३.
मनको भाब हेर चेहराको दाग होईन,
गृह लक्ष्मी हुन नारी सुकेको साग होईन,
नारी भित्र लुकेका अकाट्य प्रतिभा हुन्छन्
नारी घरको रोशनी सम्झ पोल्ने आग होईन!!

-शिव कुमार रेग्मी
बगनासकाली-२
पोखराथोक, पाल्पा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...