Thursday 11th June 2026

घिमिरेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सभापति देउवाको निर्देशन


तीतोपाटी डटकम-नेपाली काँग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिए हो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारवाहीको टुंगो लगाउन बैठकले अनुशासन समितिलाई निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

छानविन समितिका सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यता छानविन स्थल गौशालास्थित धर्मशालामा कुटपिट भएको थियो ।

@रातोपाटीडटकम

 


सम्बन्धित शीर्षकहरु

ताइवानले HIMARS मोबाइल रकेट प्रणाली प्रयोग गरेर चीनतर्फ सैन्य अभ्यास गरेको छ, जसबाट सम्भावित चिनियाँ आक्रमणको प्रतिरक्षा क्षमता प्रदर्शन गरिएको…

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप कडा आक्रमण गर्ने चेतावनी दिएका छन् र सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेका छन्। अमेरिकी हेलिकोप्टर…

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको छ। फ्लाईदुबईले आगामी २३ सेप्टेम्बर…

प्रतिकृयाहरू
...