Wednesday 22nd October 2025

युएइमा अगष्ट १ तारिकबाट ३ महिनाको लागि अाममाफी


तितोपाटी – यूएई सरकारले आफ्नो देशमा लुकिछिपी अवैध रुपमा बसिरहेका नागरिकहरुलाई स्वदेश र्फकने वा भिसा लिएर वैधानिक बन्ने अवसर दिने भएको छ ।

आगामी अगष्ट १ तारिखदेखि लागू हुने गरी यूएई सरकारले एम्नेष्टी जारी गर्ने बताएो छ । इमिरेट्स आइडी अथोरिटी विभागका उच्च अधिकारी ब्रिगेडिएर साहिदले जुलाई २३ तारिखमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएका हुन् ।

उनका अनुसार अवैध कामदारले वैध हुने वा विना जरिवाना आफ्नो देश फर्किन पाउने छन् ।

भिसा वा पासपोर्टको म्याद सकिएका अवैध कामदारले न्यूनतम पाँच सय दिराम तिरेर कुनै पनि कम्पनी वा व्यक्तिगत रुपमा भिसा लिएर काम गर्न वा यूएईमै बसोबास गर्न पाउनेछन् ।

यस्तै, आफ्नो देश फिर्ता हुन चाहेमा कुनै जरिवाना तिर्नुपर्ने छैन ।

साहिदका अनुसार यो सुविधा लिएर आफ्नो देश जाने जोकोही भविस्यमा पुनः यूएई आउन पाउने छन् ।

उनीहरुलाई यूएईमा काम गर्न वा घुम्न कुनै प्रतिबन्ध लाग्ने छैन । कामदार भिसामा रहेकाले मात्रै यो सुविधा पाउने छन् ।

यो सुविधा अगष्ट १ देखि अक्टोबर ३१ सम्म रहने छ ।

 

 

 


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पाकाे माथागढी गाँउपालिका वडा नम्बर ४, झडेवा सौरेनीमा  युवकको कुटपिटबाट  वृद्ध महिलाकाे हत्या भएको छ । गए राति  सोही…

तितोपाटी- जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते तीनकुनेका प्रहरीमाथि आक्रमण गर्ने र प्रहरीको बर्दी खोल्न लगाउने गौतम घिसिङ नामका व्यक्ति…

तितोपाटी-जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा स्थित माथागढी गाउँपालिका–३, का ४३ वर्षका केशव कुमाल…

प्रतिकृयाहरू
...